सीसी क्यामेरामार्फत ६ हजार चालक कारबाहीमा

काठमाडौं, जेठ ३ । तपाईं ट्राफिकलाई छलेर सवारी नियम मिच्दै हुनुहुन्छ रु होसियार १ तपाईंको सवारीलाई सडकमा राखिएका सीसी क्यामेराले नियाली रहेका छन् । वैशाख १३ गते माइतीघरमा पानी परिरहेका बेला पहेँलो नम्बर प्लेटको मोटरसाइकल चालकले सडक लेन मिचे ।

ति सवारी चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट फोन गयो । सुरुमा त उनले नियम मिचेको स्वीकारेनन् । ट्राफिकले नियम मिचेको दृश्य देखाएपछि उनी झस्किए । उनले पाँच सय जरिवाना तिरे र एक घण्टा कक्षा पनि लिए । एउटै अवधिमा उनीसहित २४ वटा मोटरसाइकल र स्कुटर चालकले लेन मिचेको कसुरमा कारबाहीमा परेका थिए ।

 

महाराजगञ्जस्थित नारायणगोपाल चोकमा पनि लेन मिच्ने थुप्रै मोटरसाइकल कारबाहीमा परेका छन् । वैशाख १३ मा ११ वटा मोटरसाइकल र स्कुटर कारबाहीमा परे । यी प्रतिनिधि घटना मात्रै हुन् ।

 

ट्राफिक महाशाखाले दैनिक डेढ सयदेखि साढे दुई सयको हाराहारीमा लेन मिचेका सवारी चालकलाई कारबाहीको दायरामा ल्याएको जानकारी महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले दिए । माइतीघर, थापाथली, त्रिपुरेश्वर, दरबारमार्ग, रामशाह पथ, कोटेश्वर, गौशाला, चावहिल, महाराजगञ्ज, कलंकीमा लेन अनुुशासन पालन नगर्ने चालक कारबाहीमा परेका छन् ।

 

कारबाहीमा परेका अधिकांश चालक ट्राफिक महाशाखा पुगेर जरिवाना तिर्न आनाकानी गर्छन् । तर सीसी क्यामेराको फुटेज देखाएपछि जरिबाना तिर्न र एक घण्टे कक्षालाई स्वीकार्छन् ।

 

महाशाखाले २०७४ माघ २५ देखि हालसम्म ६ हजार ६१ वटा सवारीसाधनमाथि कारबाही गरिसकेको छ । महाशाखाको भवनमा सीसी क्यामेरा मनिटरिङ कक्ष छ । यसका अतिरिक्त महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा करिब चार सयको हाराहारीमा उपत्यकामा रहेको सीसी क्यामेराको कन्ट्रोल कक्ष छ । महाशाखासँग जोडिएको सीसी क्यामेराले नभ्याए महानगरीय प्रहरी कार्यालयकै सीसी क्यामेरा कक्षको सहयोगमा निचम मिच्ने सवारी चालकलाई कारबाही गरिँदै आएको जानकारी एसएसपी पन्तले दिए । अन्नपूर्ण पोष्टमा छ ।