जब महानगरीय प्रहरी वृत्त गौशाला छड्केमा पुगे आइजीपी,भयो यस्तो

काठमाडौं, जेठ ३ । प्रहरी महानिरीक्षक (आइजीपी) सर्बेन्द्र खनालले काठमाडौंको गौशाला बृत्तमा छड्के निरीक्षण गरेका छन्।

 

शुक्रबार दिउँसो आइजीपी खनालले बृतमा पुगेर त्यहाँबाट हुने कामकारबाही बारे जानकारी लिएका हुन् ।

 

निरीक्षणका क्रममा खनालले सेवाग्राहीलाई खुसी पारेर काम गर्न बृत प्रमुख र प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार निरीक्षणका क्रममा खनालले कार्यालयको वातावरण नागरिकमैत्री हुनुपर्ने बताए ।

 

उनले ‘समुदाय प्रहरी साझेदारी’ अनुरुप काम गर्न र अपराध विरुद्ध कठोर भएर लाग्न समेत निर्देशन दिए ।

 

खनालले बृतमा आएका सेवाग्राहीका समस्या पनि सुनेका थिए।

 

एक सेवाग्राहीले सवारी साधनको नम्बर प्लेट नै नदेख्ने गरी चलाउँदा पनि प्रहरीले कारबाही नगरेको भन्दै गुनासो गरेका थिए।