गर्भवती किशोरीको हत्या गरी गर्भमा रहेको बच्चा चोरियो,घटनामा संलग्न तीन जना पक्राउ

काठमाडौं, जेठ ४ । अमेरिकाको सिकागोमा एक गर्भवती किशोरीको हत्या गरेर उनको गर्भको शिशु चोरी भएको घटना बाहिर आएको छ । बिहीबार प्रहरीले घटनाका संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार दोषीले महिलालाई हत्या गरेर र असुरक्षित तरिकाबाट हातैले बच्चालाई गर्भबाट निकालेका थिए ।

 

घटनामा प्रहरीले ४६ वर्षे क्लेरिसा फिग्युरोआ र उनको २४ वर्षे छोरी डजरीलाई पक्राउ गरेको छ । त्यस्तै क्लेरिसाकाको ४० वर्षे ब्याइफ्रेण्ड पायोट बोबकलाई हत्यामा सहयोग गरेको आरोपमा पक्राउ परेका छन् ।

 

प्रहरीका अनुसार घटनाबारे थाहा हुँदा १९ वर्षकी गर्भवती महिला मार्लेन ओचावा लोपेज तीन दिनदेखि हराइरहेकी थिइन् । प्रहरीले आशंकाको आधारमा फिगुरोआको घरमा खाजतलास गर्दा उनको पछाडिपट्टि रहेको फोहोर फाल्ने डब्बाबाट महिलाको शव बरामद गरेको थियो ।

 

प्रहरीका अनुसार गर्भवती महिला फिगुरोआले फेसबुकमा पोस्ट गरेको कपडा निशुल्क दिने सूचना देखेपछि ओचावा आफ्नो घरभन्दा ४ माइल टाढा फिगोरोआको घर गएकी थिइन् ।

तर त्यहाँ उनलाई हत्या गरी मृत शरीरबाट बच्चा झिकिएको थियो । त्यसको केही समयपछि उनले इमेरजेन्सीमा फोन गरेर सडकमा हिँडिरहेको एक महिलाले आफ्नोमा बच्चा जन्माएको र अवस्था निक्कै नाजुक भएको भन्दै फोन गरेकी थिइन् ।

 

स्वयमसेवी घटनास्थल पुग्दा शिशु निलो भइसकेका थिए । प्रहरीका अनुसार बच्चा बाँच्ने सम्भावना निक्कै कम छ । शिकागो प्रहरी प्रमुख एडी जोनसनले घटनाबारे भने, ‘यो एकदमै घृणीत र डर लाग्दो घटना हो । पीडित परिवारलाई परेको पीडा सोच्न पनि सकिँदैन । बच्चा जन्मको खुसी मनाउने बेला तिनले आमा र बच्चाको मृत्युको सामना गर्नुपर्यो ।’

 

प्रहरीले फिग्युरोआ र लोपेजबीच फेसबुकमा भएको सम्वादका आधारमा उनीहरूमाथि हत्याको आशंका गरेको थियो । त्यसपछि प्रहरीले उनको घरको खोजतलासी गर्दा लोपेको मृत शरीर भेटिएको थियो । पछि गरिएको डीएनए परीक्षणले बच्चा लोपेजेको भएको पुष्टि भयो । एजेन्सी