मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

कैलाली, जेठ ४ । कैलालीको जानकी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।

 

गाउँपालिकाको बेलापुरमा से २ प ४२४६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बेलापुरकै ३२ वर्षीय रामनारायण चौधरीको मुत्यु भएको हो।

 

इलाका प्रहरी कार्यालय टीकापुरकाअनुसार मोटरसाइकल चालक २३ वर्षीय कृष्ण बम गम्भीर घाइते छन्। घाइते बमलाई टीकापुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ। उनको टाउकोमा चोट लागेको छ।