आज सार्वजनिक बिदा

काठमाडौँ, जेठ ५ । सरकारले आज ९आइतवार० सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

स्थानीय पर्वका लागि प्रदेश नं। तीन अन्तरगत काभ्रपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका र पाँचखाल नगरपालिकाले सार्वजनिक बिदा दिएका छन् । बनेपा नगरपालिकाले चण्डेश्वरी जात्रा तथा पाँचखाल नगरपालिकाले पलाञ्चोक भगवती जात्राका लागि आइतबार सार्वजनिक बिदा दिएका हुन् ।

 

बनेपाले समुदायको सहभागितालाई दृष्टिगत गरी चण्डेश्वरी जात्राका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । शुक्रबार शुरु भएको चण्डेश्वरी जात्रा तीन दिनसम्म मनाइन्छ ।

 

पाँचखालले पनि देवी पलाञ्चोक भगवती जात्राका लागि आइतबार सार्वजनिक बिदा दिएको हो । जात्राका लागि नगरवासीलगायत मुलुकका विभिन्न क्षेत्रका समुदायको उपस्थिति रहने भएकाले आइतबार सार्वनिक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले बताए । शुक्रबार शुरु भएको पलाञ्चोक जात्रा आइतबारसम्म चल्नेछ ।