राजनीतिले मात्रै देश बन्दैन:सत्यमोहन जोशी

नरेन्द्र महतारा

काठमाडाै,जेठ १४। संस्कृतिविद् एवम् वाङगमय शताब्दी पुरुष सत्यमोहन जोशीले राजनीतिले मात्रै देश नबन्ने बताउनुभएको छ।राजनीतिज्ञ,शिक्षाप्रेमी एवम् समाजसेवी श्रीकान्त अधिकारी:व्यक्तित्व र कवित्व विषयक सांस्कृतिक सहगोष्ठीमा उहाले यस्तो बताउनुभएको हो।

 

देशको संस्कृतिको जग बलियो नबनाएसम्म देश समृद्ध नहुने उहाको भनाइ रहेको छ।मानिसले ज्ञान मात्रै हासिल गरेर हुदैन त्यो ज्ञानलाइ सहि ठाउमा प्रयोग गर्न सक्नुपर्छ।उहाले भन्नुभयो।श्रीकान्त अधिकारी र आफुहरु बाल्यकालको साथि भएकाले उहाले बाल्यकालका तितामिठा भोगाइहरु सुनाउनुभएको थियो।