नेपाल खुल्ला छ

कमल कोपिला

न त कुनै वतासको सिरसिराहट हुन्छ, न कुनै लहर !
रातको घनघोरताको हत्कडि तोडेर सबेरै खुब धेरै प्रचण्डता लिई प्रकृति विरुद्द आन्दोलन गरिरहन्छ, हर बिहान ! र त निद भंग गरेर दाजु ब्यानै हिड्छ् । छिमेकि पसल को अगाडि बसेर च्या संगै चुरोट धुकार्छ । म झन ढिला सम्मन उठ्दैन । एफ. एम. मा देश दुखेको खबर सुनिरहन्छु र पनि मेरो जागर चल्दैन । भाई हिजैबाट घर आको छैन। दिदि घरबाट मनमुटाव गरेर अस्ति नै भागेकि हो  (अचेल सहरले शरिर बेच्न बाध्य बनाको छ रे । सहरका ब्वासाहरु दिनरात मासु लुक्ष्न जबर्दस्त आईपुग्छन रे । कोहि कोहि त खाडि गएर नया साडिको सपना देखाउछन रे ! बहिनि निर्मलाहरु भविस्य सुनाईरहन्छिन (तर समाजमा बच्न सक्दिनन। आमा हरु गोठ संग संगत गर्दै चुल्होमा धुवासंग क्रान्ति गरिरहेकि छन । छिमेकि हरु चोकमा सपनाहरु बाडिरहन्छन। हजुरबुवाहरु देश बनाउने परिकल्पना सहितका बात मार्छन्।

 

देशमा क्रुरता अझै पनि भंग भएको छैन रहेछ क्यार !

आज त बिहानै म पनि निस्के । निस्सासिएको सडक लाई थिच्दै दौडिदै एउटा चोकसम्मन पुगे । चोकमा देशको सालिकले औला उठाएको थियो र त एक्छिन झस्किए। फेरि कदम अगाडी बढाउदै अर्को चोकमा पुग्दा अर्को सालिकले मुठ्ठि कसेर हात उठाएको देखे ! अझ अगाडी बढ्दै गर्दा अर्को चोकले के भन्ला एक्छिन सोचमग्न भए र पनि खैर केहि छैन यि त बनाएका मात्र न हुन । बित्थामा किन सोचिरहनु रु यि र यस्तै कुरा खेलाउदै थिए । अलिक पर हो (छ, सात जना युवाहरु आएर सडक भरि तितर बितर छरिएर सडक बन्दको आह्वान गरे ! सवारि साधनहरु जम्मै ठप्प अब चल्न बन्द भए । अलि अगाडि पर अर्को चोकमा अर्को सालिक लाठ्ठि समातेर टेकेर उभिरहेको थियो। लाग्यो, सालिक पनि बुढो हुने रहेछ । सोहिचोकको छेउछाउमा मान्छेहरुको चहलपहल अलि बढ्ता देखे। किन हो भनि अलि अगाडि दौडेर गएर हेर्दा त एउटा गाडि जलिरहेको थियो, त्यो पनि विधालयको गाडि रहेछ। मान्छेहरु बाट गाई गुई सुनियो (आज त क. बिप्लवद्वारा नेपाल बन्द गरिएको ले देश भरि बम बिस्फोट सहित कैयौन सर्वसाधारण मान्छेहरुको ज्यान गयो रे । त्यसपछि म भित्र पनि देसप्रतिको नैराश्यता उत्पन्न भयो । र लाग्यो (देशको सरकारमा रहेर सिँहको उपमा पाएका सरकारका मान्छेहरु टेवुलमुनिबाट सरकार चलाउछन त कसरि देश बन्छ ।

 

हरेक कुराको विरोध गर्ने तरिका एउटै अपनाईन्छ् । चक्का जाम, गाडि जलाउनु , बमविस्फोट गराउनु नै सामान्य एवम साझा विरोधको तरिका ठान्छन । लाग्छ, देशले नै यि कुराहरुमा स्वतन्त्रता दिएको छ् । हरेक दिन सरकार विरुद्द होस या कुनै अरु निकाय प्रति विरोध गर्दा देश बन्द छ भनिन्छ् । कसरि बन्द हो भन्नु (देशमा हत्या, हिंसा, बलात्कार, भ्रस्टाचार खुलेआम बढ्दो छ् । यि र यस्ता विभिन्न हर्कत खुलेआम हुन्छन त के कुरा मा बन्द छ भन्नुहुन्छ ?

 

कहिलेकाहि देशको चिन्ता लिनेहरुले ठोस चिन्तन राख्न सकेका छैनन । देश किन बनेन रु अझ भनौ निकट इतिहासमा नेपालभन्दा गरिब रहेका देशले प्रगतिको गति बढाउँदा हामीले किन सकेनौं रु यि र यस्तै समस्याको प्रमुख कारण त राजनितिक अस्थिरता , कर्मचारीतन्त्रको गठजोडबाट सिर्जित अव्यवस्था हो भनेर मान्न सकिएला तर प्रथमतः मान्छेहरुको चेतना बदल्न जरुरि छ । र पनि यस्ता समस्याहरुको समाधान कसरि गर्न सकिएला भन्ने कुरा को चिन्तन सबैले राख्न जरुरि छ ।

 

सत्तरी वर्षको अवधिमा नेपाललाई ऐतिहासिक स्तरले प्रभावित गर्ने बीपी कोइरालादेखि राजा महेन्द्र र वीरेन्द्र हुँदै आजको लोकतान्त्रिक व्यवस्थासम्म आइपुग्दा नेपालले गरेको सबैभन्दा द्रुत परिवर्तन राजनीतिक प्रणालीमा हो । यही अवधिमा सात वटा संविधान र पैंतीस वटा सरकार ब्यहोरेको नेपालले राजनीतिक स्थिरताको वास्तविक अनुभव गर्न पाएको छैन । तीस वर्षको पञ्चायती व्यवस्थाभित्र प्रणालीको स्थिरता भए पनि सरकारहरू परिवर्तन भइरहे ।

 

शासनको उत्तरदायित्व राजामा निहित भएकाले प्रणालीभित्र आउने नीतिगत अस्थिरताको चर्चा मात्र नभएको हो । राजा महेन्द्रले निरंकुश पञ्चायतको जग हालेर सुरु गरिदिएको व्यवस्थाभित्र वीरेन्द्रले प्रशस्त विकास कार्य गर्न सक्थे । उनैका समकालीन ली क्वान यु वा महाथिर मोहम्मदले सिंगापुर र मलेसिया बनाउन थाल्नु ठीकअघि राजा वीरेन्द्रले राजगद्दी सम्हालेका थिए । राजाज्ञाका सामु राजनीतिक प्रतिरोध थिएन । राजाकै प्रतिबन्ध खेपिरहेका विपक्षी नेता बीपी कोइरालासमेत राजालाई समय दिने पक्षमा थिए भन्ने तथ्य २०३३ मा अभिव्यक्त राष्ट्रिय मेलमिलापको नीतिले पुष्टि गर्छ ।

 

राजा वीरेन्द्रको पञ्चायतभित्रको समय र प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो दशक, अर्थात् २०३२ देखि २०५५ सम्मको अवधि, नेपालले आफ्ना राजनीतिक परिवर्तनलाई ठूलो उथलपुथलबिना नै व्यवस्थापन गरेको समय थियो । यस बेला नेपालले राष्ट्रिय स्रोत र साधनको प्रयोग गरेर ठोस प्रगति गर्न सक्ने प्रशस्त आधार थिए ।

 

यही अवधिभित्र नेपालको अर्थव्यवस्थाको आकार सानै भए पनि धेरैजसो आर्थिक वर्षमा पाँचदेखि सात प्रतिशतको हाराहारी आर्थिक वृद्धिदर कायम भयो । सरकारका तर्फबाट बलिया सकारात्मक कदमहरू चालिएका भए तुरुन्तै गुणात्मक प्रगति गर्न सकिने यो अवस्थामा एउटा बाधा नेपालको बहुमत जनसंख्यामा व्याप्त अशिक्षा थियो, जसलाई तोडेर फड्को हान्ने प्रगति सम्भव हुन सक्थ्यो ।

 

नेपाल बन्ने सम्भावनामाथि विचार गरिरहँदा बनाउने प्रमुख अवयवबारे ठोस चर्चा हुन सकिरहेको छैन । आम रूपमा भन्ने गरिन्छ— कुनै पनि देश त्यहाँका नागरिकले बनाउने हो । सैद्धान्तिक रूपले यसमा दुईमत छैन, तर व्यावहारिक रूपले यो अमूर्त भनाइ हो । देश निर्माणका वस्तुगत विषय हुन्छन्, जसमा नागरिक आफैले प्रत्यक्ष निर्णय लिन सक्ने सम्भावना रहँदैन ।

 

नागरिकको कल्पनामा भएको राष्ट्रलाई साकार रूप दिन उसले प्रयोग गर्ने सबैभन्दा ठूलो लोकतान्त्रिक अधिकार चुनाव हो, जसद्वारा आफ्ना प्रतिनिधि चुनेर ठोस निर्णय लिन सक्ने वैधानिक अधिकार उसले हस्तान्तरण गरिदिन्छ । त्यसैले प्रतिनिधि संस्थाहरूले प्रगतिको नागरिक चाहनालाई मूर्तरूप दिन निरन्तर प्रयास गर्नुपर्छ । त्यसो नभए चुनावद्वारा नयाँ प्रतिनिधि चुनेर पठाउने अधिकार नागरिकलाई हुन्छ ।

 

हरेक कुराहरुको विरोध गर्ने शैलि परिवर्तन गर्नु , मान्छेहरुको चेतना परिवर्तन गर्नु नै बर्तमान समयमा आइरहने समस्याहरु निर्क्यौल पार्ने उपाय हो। मेरो घरको समस्या मेरै परिवारले समाधान गर्नुपर्छ्। गाउ घर, टोल समाज र देशका लागि एकतावद्द रुपमा लागि सामाजिक चिन्तन सहित लाग्नु पर्छ्। गाउ घर टोल सुधार्न पर्छ् । हैन भने त नकरात्मक कृयाकलाप हरु खुलेआम गर्दै बन्दको स्ंग्या गर्नु लज्जास्पद ठहरिन्छ ।