सुर्खेतमा गुञ्जिदै कर्णाली गुञ्जन

काठमाडौँ, १७ जेठ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली गुञ्जन मार्फत कर्णालीका १० जिल्लाका १० स्रष्टाहरू गुञ्जिने भएका छन् ।

 

कर्णालीका दश वटै जिल्लाबाट एक–एक जनाको प्रतिनिधित्व हुने गरि भोलि शनिबार दिउसो १ बजे कर्णाली गुञ्जनको आठौं श्रृंखला आयोजना गरिएको हो ।

 

कर्णाली कला साहित्य प्रतिष्ठान वीरेन्द्रनगर सुर्खेतको सहकार्यमा कर्णाली कला संस्कृति समाज काठमाडौँले आयोजना गरेको कार्यक्रमलाई आईएमई लाईफ इन्स्युरेन्स सुर्खेत शाखाले प्रायोजन गरेको छ ।

 

कर्णाली गुञ्जनमा जुम्लाबाट हेमप्रकाश मञ्जिल, रुकुम पश्चिमबाट जिएम दिपु दिपेन्द्र, कालिकोटबाट पुनम धमाला, सुर्खेतबाट तिर्थ समीर, डोल्पाबाट हेमराज बुढा, दैलेखबाट सुगम सुनामी, जाजरकोटबाट देव सजन, सल्यानबाट कृष्ण कञ्चन, हुम्लाबाट मनरुप नेपाली र मुगुबाट विवश मल्ल सहभागी हुने कर्णाली कला संस्कृति समाजका कोषाध्यक्ष कमल कोपिलाले जानकारी दिए ।

 

साहित्कोय, कला र संस्कृतिको उत्थान तथा श्रष्टाको पहिचा र श्रष्टाकै सम्मानमा क्रियाशील संस्था कर्णाली कला संस्कृति समाजले यसअघि एक वर्ष पहिले कर्णाली प्रदेशको कालिकोटमा पनि कर्णाली गुञ्जन गरिसकेको थियो थियो भने काठमाडौँमा हरेक महिना नियमित रुपमा कर्णाली गुञ्जन गर्दै आएको छ ।