जेर्नी जोगाऔ,यस्ता छन् बाथरोगको लक्षण र बाथराेग बाट जाेगिने उपाय 

एजेन्सी। बिहान उठ्दा तापाइको घुँडा दुख्छ ? हिँड्न गाह्रो हुन्छ ?दुखाइको महसुस हुने र्गछ भने सजग हनुहोस् ।बाथरोगको लक्षण हुन सक्छ ।
वरिष्ठ बाथरोग विशेषज्ञ डा विनित बैध भन्छन बाथरोग लागेका व्यतिmको जोर्नि बिहानपख दुख्ने गर्छ ।

कक्रक्क पार्छ। सुनिन्छ उनले उनले जोर्नी कक्रक्क पार्दै जाँदा पछि बागिने जोखिम पनि हुने बताए ।उनका अनुसार बिहान औला सन्ुनिने र घाम लगेपछि विस्तारै बस्दै जान्छ ।

कुनैपनि मुलुकको कुल जनसँख्याको १० प्रतिशतलाई बाथरोग हुने विश्व स्वास्थ्य सँगठन डब्लुएचओ को अनुमान छ।
अहिले मुलुकमा ३० लाख बाथरोगका बिरामी भएको चिकित्सक बताउँछन्।

जसमध्ये एक लाख भन्दा कम बिरामीले उपचार पाएको डा वैध बताउँछन ।

बाथरोग विशेषज्ञ रानधानिमै सीमित रहेका कारण दुरदराजका धेरैजसो बिरामी झारफुकको भरमा बस्दा जटिल रुप लिने गरेको छ।

केही वर्ष अघिसम्म बाथरोगको जाँच एव उपचारका लागि भारत जानुपर्ने बाध्यता थियो ।अहिले बाथरोगको करिब ८० प्रतिशत परीक्षण नेपालमै सम्भव भएको डा बैध बताउँछन् ।सुरुवाती चरणमा बाथरोगको पहिचान गर्न विशेषज्ञ चिकित्सक नै चाहीने उनको भनाइ छ।

व्रिष्ठ बाथरोग विशेषज्ञ डा अरुणकुमार गुप्ताका अनुसार बाथरोग दुई सयभन्दा बढी किसीमका हुन्छन् । कुनै पनि व्यतिmको हाड जोर्नी माँसपेशी नशा दुखेर उत्पत्ति हुने लक्षण बाथरोग हो।

शिशुदेखि वुद्धवुद्धसम्म जुनसुकै उमेरमा व्यक्तिलाई पनि बाथरोग हुने गर्छ ।

दुखाइबाट यो रोग सुरु हुन्छ । शरीरको कुनै पनि भागमा जोर्नी दुख्न सक्छ डा गुप्ताले भने गर्धन पाखुरा कुहिनो मेरुदण्ड हातका आँख्ला घुडा खुटाको औँलालगायत जार्नीमा दुख्ने तथा सुन्निने डा गुप्ता बताउँछन्।

महिलामा १५ देखी ४५बर्ष उमेर समुहमा बाथरोगको लक्षण देखिने गर्छ। बिहान उठ्दा जोर्नी दुख्छ ।बिहान केही मिनेटदेखि आधाघण्टा सम्म दुखाइ महसुस हने डा गुप्ताले बताए बाथरोग धेरै हुने भएकाले रोगको किसिमअनुसार लक्षण फरक देखिने उनको भनाइ छ।

यो रोग कुनै जीवाणु वा कीटाणुबाट सर्ने होइन शरिरको आन्तिरिक भागमा स्वत उत्पन हुने अटो इम्युन डिजिज हो ।डा गुप्ताले भने । प्राया प्रौढ उमेरमा बाथरोगले थला पार्ने गर्छ ।पुरुषहरुभन्दा महिलामा यो रोग बढी देखिने गर्छ। म्हिलामा गठिया बाथ लुपस बढी देखिएको छ । बाथरोग वँशाणुगत कारण पनि हुने गर्छ।

बाथराेगका लक्षण

१.हातखुटाका जाेर्नी सुन्निने 

२.बिहानपख जाेर्नी अरठ्ठ हने 

३.घुडा दुख्ने 

४.थकान महसुस हुने 

५.भाेक नलाग्ने 

६.शरीर गल्ने  

बाथराेग बाट जाेगिने उपाय 

१.वजन घटाउने 

२.पलेँटी कसेर धेरैबेर नबस्ने 

३.जाेर्नीमा दबाब पर्ने गरी नबस्ने 

४.जँक फुड नखाने 

५.सन्तुलित आहार  गर्ने 

६.याेग तथा व्यायाम गर्ने 

७. आसन परिवर्तन गरेर बस्ने 

८.विज्ञसँग परामश लिने