भ्यागुतो र साथी

धारोबाट दिनमा एक गाग्री पानी बोक्नु हाम्रो कर्तव्य जस्तै थियो

निर्मोही सङ्कल्प

बर्खाकाे समय थियोे । गाउँमा नजिक खाेला थिएन तर गाउँ नजिक धाराे भने थियाे । हामी सानै थियाैं । स्कुलबाट अाइसकेपछि सँधैझैं बेलुका बेलुका धारामा पानी ल्याउन जान्थ्याैं । खैराे छाला भएकाे भ्यागुत्ताे सँधै धाराकाे पानि खस्ने ठाउँकाे छेउतिरकाे खाेंचमा हुन्थ्याे । अघिल्ला दिनझैं भ्यागुत्ताे त्याे दिन पनि बाेलिरहेकाे थियाे अर्थात् मुख चलाइरहेकाे थियाे ।

 

भ्यागुत्ताेले मुख चलाएकाे देखेर साथीले भन्थ्याे ‘तँलाइ गाली गर्याे । देखिस अब तेरो कहिल्यै भलो हिदैन, स्कुलमा पनि तँ कहिल्यै फर्स्ट हुँदैनस् । उ उ देखिस् । उ उ अँ अँ । अाेए सुनिनस ।’ मैले भने ‘अहँ हैन हैन, भ्यागुत्ताेले गाली गरेकाे कसरी बुझिस् तैले । कस्ताे पागल छस् । कसरी थाहा पाइस् यस्ले गाली गरेकाे । उ त अाफ्नै धुनमा पाे छ त, बरु उस्को बानी होला त्यो त ।’

 

त्याे दिन धाराेबाट गाग्रीमा पानी भरेर घर पुगुञ्जेल सम्म साथीले जिद्दी गरिरह्याे ।

 

अर्काे दिन पनि त्यहि समयमा पानी भर्न अाएका थियाैं धारामा । किनकी धारोबाट दिनमा एक गाग्री पानी बोक्नु कर्तव्य जस्तै थियो हाम्रो । म सङ्ग दैनिक जसो धारोमा जाने मेराे साथी, मेराे तुलनामा अलि बढि र छिटाे बाेल्थ्याे । भनिहाल्याे ‘अब थाहा पाउँछस, हेर मैले फेरि देखेें । तँ तिर फर्केर अाज पनि गाली गरिरहेकाे छ । हहहहहहहहहँहँहँहँहँ । हिजाे त ठूला कुरा गर्थिस् हैन त ।’ कुरा सुनेर मलाइ दाेस्राे दिनचाहिँ हाँसाे लाग्याे अलिकति र साच्चै हो कि त जस्तो लाग्यो । हुन पनि भ्यागुत्ताे म तिरै फर्केकाे रैछ । साथीकाे गफ, तर्क सुनेर मैले स्विकारें ‘हाे रैछ तैले जितिस् । मैले हारें ।’

 

त्यति बेला त हारें भनिहालें तर मनमा के न के डर पस्न सुरू गर्याे । अन्तिम परिक्षा अाउन १ महिना मात्र बाँकि थियाे । साथिले भनेजस्तै यसपाली फर्स्ट हुँदिनँ कि । लगातार ६ बर्षसम्म फर्स्ट भएकाे म, भ्यागुत्ताेले गाली गरेकाे हल्लामा पहिलाका दिन भन्दा डरैडरमा भएपनि बढि पढ्न थालें ।

 

डरैडरमा महिना वित्न थाल्याे ।

 

टिफिनकाे समय थियाे सरले सबैलाइ लाइन लाग्न भन्नुभयाे र सुनाउँदै हुनुहुन्थ्याे तिमिहरूलाइ ५ दिन परिक्षा विदा । अाइतबार देखि परिक्षा हुन्छ, तयारि गरेर अाउनु । सरकाे त्यहि अर्ति सुत्ने बेला पनि सपना बनिरहन्थ्याे । र परिक्षाकाे दिन पनि अायाे ।

 

विहान चाँडै घरबाट हिडें । २५ मिनेट लाग्ने बाेटाेमा ५५ मिनेट लगाएर स्कुल गेटमै पुगें । पाँच दिन अगाडी पढ्न सम्झाउने सर देखिनु भयाे र भननु भयाे ‘सूर्यबाबु के छ ? कत्तिकाे पढेका छाै । अाज ईंग्लिश हाे फेरि ।’ मैले मुन्टाे हल्लाउने मात्रै हिम्मत गरें किनकी एकातिर भ्यागुत्ताेले गाली गरेकाे डर, अर्कातिर साथीले लगातार एक महिनासम्म अब तँलाइ केहि न केहि हुन्छ भन्दै दिएको चेतावनी, तँ फर्स्ट त हुँदै हुँदैनस भनिरहेकाे डर र भर्खरै सरले प्रश्न सोध्न खोजेकाे डर !

 

कक्षा काेठा अभावमा खुला चाैरमा परिक्षा भयाे । मलाइ सरले अाफ्नाे नजिकै राख्नुभयाे । परिक्षा सुरू हुनथाल्याे । प्रश्नपत्र बाँडिए । घन्टि लाग्याे र विहानकाे ११ पनि बज्याे । ३ घण्टाकाे परिक्षा डरैले २ घन्टामै सकेछु र सरलाइ बुझाइहालें । सरले गाली गर्दागर्दै बुझाएँ । र स्कुलकाे गेट अगाडीकाे चाैताराेमा एकछिन बसेर सरररररर प्रश्नपत्र हरें । सबै प्रश्न हल गरकाे रैछु । बाँकि बिषय पनि डरैडरमा दिएकाे थिएँ ।

 

महिनाकाे अन्तिम दिन पनि र शनिवार पनि । सरहरूले भन्नुभएकाे थियाे याे महिनाकाे मसान्तमा रिजल्ट अाउट हुन्छ । निन्याउराे अनुहारमा एक्लै, लुकि लुकि स्कुलमा रिजल्ट हेर्न गएकाे थिएँ । म अरूभन्दा ढिलाे पुगेछु । सरहरूले रिजल्ट टाँसेर म क्लास फर्स्ट मात्र हैन कि अघिल्लाे बर्षझैं स्कुल फर्स्ट, त्याे पनि दोस्रो ५० नम्बर बढि ल्याएर ।

 

बेलुकापल्ट फेरि पानी भर्न संगै गयाैं साथीसंग । याे दिन भ्यागुत्ताे त थिएन तर धाराेमा साथी अाफै उफ्रिदै खुशी बाँडिरहेकाे थियाे, मेरो लागि । सँधैझैं मात्र हैन अघिल्लाे बर्ष भन्दा बढि नम्बर ल्याएर, त्यो पनि स्कुल भरिमा फर्स्ट भएकाेमा । र भनिरहेकाे थियाे कि ‘सूर्य तँलाई भ्यागुत्ताेले त गालि हैन, राम्ररी पढ्नु, सँधै फर्स्ट हुनु, पाे भनेकाे रैछ त है’ ।