मलाई पुरानो राजनीति र संस्कार सञ्चालन गर्नेहरुले पुष्पकमल दाहाल भन्दा बढी देख्न चाहेका छैनन:अध्यक्ष प्रचण्ड

   नरेन्द्र महतारा –

काठमाडाै,जेठ २९।  पुर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ´प्रचण्ड` ले आफुलाइ पुरानै राजनीति र संस्कार गर्नेहरुले पुष्पकमल दाहालभन्दा बढी देख्न नचाहेको बताउनुभएको छ।

 

किरातीहरुको महान चाड उभौली (साकेला) को अवसरमा आयोजित ´यलम्बर सांस्कृतिक सम्मान कार्यक्रम २०७६` मा उहाले उक्त कुरा बताउनुभएको हो।हामीहरु अझै अधिकार सम्पन्न भैसकेका छैनौ।

 

परिवर्तनका लागि हाम्रो आन्दोलन जारी छ।उहाले भन्नुभयो।आफू बरु प्रचण्डभन्दा सिङ्गो नेपालको छोरो भएको महशुस हुने उहाले बताउनुभयो।हामीले देशलाइ एकात्मकताबाट संघीयतामा,धर्म सापेक्षताबाट धर्म निरपेक्षतामा रुपान्तरित गरेकाले यो सबै परिवर्तन आएको उहाको जिकिर छ।

 

कार्यक्रममा वरिष्ठ कवि तथा रचनाकार भुपाल राइ,रचनाकार तथा गितकार कुबेर राई र गायिका मेलिना राइलाइ नगदसहित सम्मान गरिएको थियो।जसमा ´यलम्बर सांस्कृतिक सम्मान भुपाल राइलाइ,किराँती नव सांस्कृतिक सम्मान कुबेर राइलाइ र किराँती नव सांस्कृतिक प्रतिभा सम्मान मेलिना राइलाइ प्रदान गरिएको थियो।