नेपाल पत्रकार महासंघ नवलपुरमा नयाँ सदस्यता शुल्क चार हजार, शुल्क बढी लिएको भन्दै क्रान्तिकारी पत्रकारको विरोध

शोभा जिसी

नवलपरासी,जेठ ३२।नेपाल पत्रकार महासंघ नवलपुरले नयाँ सदस्यता शुल्क वापत चार हजार लिने निर्णय गरेको प्रति क्रान्तिकारी पत्रकार महासंघ नवलपुरले विरोध जनाएको छ ।

 

क्रान्तिकारी पत्रकार महासंघ नवलपुरका अध्यक्ष लोकनाथ पंगेनीले शुक्रबार विज्ञप्ति जारी गर्दै त्यसको विरोध गरेका हुन् ।

 

अन्य जिल्लामा दुई हजार शुल्क लिने गरे पनि नवलपुरमा भने चार हजार लिएको भन्दै विरोध जनाएको हो । क्रान्तिकारी पत्रकार महासंघले जारी गरेको विज्ञप्तिमा नवलपुरमा पत्रकार भन्दा पनि गैर पत्रकार नेपाल पत्रकार महासंघको सदस्य रहेको र त्यस्ता सदस्यहरुको शुद्धिकरण गरी शुद्धिकरण पछि मात्र नयाँ सदस्यता खोल्न माग गरेको छ ।

 

आफ्ना माग पुरा नगरिए क्रान्तिकारी पत्रकार महासंघले आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।