नेपाल पत्रकार महासंघ नवलपुरमा लगाएको ताला प्रहरीले हस्तक्षेप गरेर खोल्दा क्रान्तिकारी पत्रकार महासंघद्वारा आपत्ति (प्रेस विज्ञप्तिसहित)

नवलपरासी,असार १। क्रान्तिकारी पत्रकार महासंघ नवलपुरले नेपाल पत्रकार महासंघ नवलपुरमा लगाएको ताला प्रहरीले हस्तक्षेप गरेर खोलेको छ ।

क्रान्तिकारी पत्रकारले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण, नयाँ सदस्यता वितरण, नयाँ सदस्यता शुल्क, आर्थिक पारदर्शीता लगायतका विषयलाई लिएर नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालयमा तालाबन्दी गरेको थियो ।

यसैबीच क्रान्तिकारी पत्रकार महासंघ केन्द्रिय समितिले विज्ञप्ति जारी गर्दै प्रहरी अस्तक्षेपको विरोध गरेको छ । महासचिव रामकुमार द्वारा जारी विज्ञप्तिमा प्रहरी हस्तक्षेप बन्द गर भनिएको छ ।

विज्ञप्तिमा छलफल र वार्ताको माध्यमबाट समाधान खोज्नु पर्नेमा क्रान्तिकारी पत्रकार महासंघले राखेको माग प्रति पुरै वेवास्ता गर्दै प्रहरी लगाएर ताला खोलिनु घटना दुखद भन्दै पत्रकारहरुको आन्तरिक मामिलामा प्रहरी आएर हस्तक्षेप गर्नु र प्रहरी लगाएर ताला खोल्न लगाउनु दुवै कार्यप्रति संगठनले आपत्ति जनाएको छ ।

                                                                                                                                                                              २०७६।३।१ गते
                                                                            प्रेस विज्ञप्ति 

‘क्रान्तिकारी पत्रकार महासंघ’ श्रमजीवि पत्रकारहरुको नेतृत्वदायी संगठन हो । स्थापनाकालदेखि नै यस महासंघले श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन, पे्रस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी, सम्पादकीय स्वतन्त्रता, लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरण, साना लगानीका तथा जनपक्षीय मिडियाहरुको संरक्षण र संवद्र्धन, श्रमजीवि पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाको ग्यारेण्टी, मिडियामा वैदेशिक र अपारदर्शी लगानीलाई निषेध, मिडियाका कन्टेन्टको समावेशीकरण, निष्पक्ष, मर्यादित, जिम्मेवार र जवाफदेहीपूर्ण पत्रकारिता लगायतको पक्षमा खह«ो रुपमा वकालत गर्दै आएको छ ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरुमा पनि हाम्रो महासंघले आफ्नो भूमिकालाई प्रभावकारी रुपमा सम्पादन गर्दै आएको छ । कालापानी, लिपुलेक, सुस्ता लगायत दर्जनौं स्थानमा गरिएको सीमा अतिक्रमण, १० हजार वर्ग किमी भूमि गायब पारिएको नक्कली नक्साको प्रयोग, चौतर्फी रुपमा बढिरहेको भ्रष्टाचार, अनियमितता, महंगी, हत्या, हिंसा, बलात्कारलगायत राष्ट्रियता तथा सार्वभौमिकता र सामाजिक तथा नागरिक सुरक्षाका विषयहरुलाई महत्वका साथ हाम्रो संगठनले कमल उठाइरहेको छ । हाम्रो संगठनले एकातिर पेशागत र अर्कोतिर राजनीतिक मुद्दाहरुमा आफ्ना धारणाहरु जिम्मेवारपूर्वक प्रकट गर्दै आएको यहाँहरुलाई अवगत गराउन चाहन्छौं ।

अहिले हामी देशैभर संगठन र संघर्षलाई एकसाथ संगठित गर्दै अगाडि बढिरहेका छौं । जेठ १६ र १७ गते बुटवलमा भएको राष्ट्रिय सम्मेलन पछि सरकारले पास गर्ने तयारीमा राखेको मिडिया काउन्सिल विधयकको बुटवलबाट जलाएर विरोध अभियान शुरु गरौं । त्यसका साथै नेपाल पत्रकार महासंघको अगुवाईमा भएको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै हरेक आन्दोलनमा पनि सहभागी हुँदै आएका छौं ।

नेपाल पत्रकार महासंघ देशभरका सबै पत्रकारहरुको छाता संगठन हो । हामीले पनि मान्दै आएका छौं तर कतिपय अवस्थामा नेपाल पत्रकार महासंघ पत्रकारहरुको सबै पेशागत संगठनको छाता संगठन बन्न नसकिरहेको अवस्था पनि यथार्थ हो ।

यो बीचमा क्रान्तिकारी पत्रकार महासंघ नवलपुरले नेपाल पत्रकार महासंघ नवलपुरमा पत्रकार महासंघको सदस्यता शुद्धिकरण, पत्रकार महासंघको सदस्यता वितरण, शुल्क, आर्थिक पारदर्शीता लगायतका विषय उठान गरेर असार १ गते नेपाल पत्रकार महासंघ नवलपुरका कार्यालयमा लगाइएको ताला प्रहरी लगाएर खोलिएको प्रति हाम्रो आपत्ति छ । छलफल र वार्ताको माध्यमबाट समाधान खोज्नु पर्नेमा क्रान्तिकारी पत्रकार महासंघले राखेको माग प्रति पुरै वेवास्ता गर्दै प्रहरी लगाएर ताला खोलिनु घटना दुखद हो । यस प्रति क्रान्तिकारी पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकारहरुको आन्तरिक मामिलामा प्रहरी आएर हस्तक्षेप गर्नु र प्रहरी लगाएर ताला खोल्न लगाउनु दुवै कार्यप्रति हाम्रो घोर आपत्ति छ । क्रान्तिकारी पत्रकार महासंघ नवलपुरले थालेको आन्दोलनप्रति केन्द्रिय समितिको साथ, समर्थन र ऐक्यबद्धता रहेको छ । नेपाल पत्रकार महासंघ केन्द्रको पनि यस प्रति ध्यान पुगोस् ।
समस्याका समाधान प्रहरी लगाएर ताला खोल्नु होइन । पत्रकारहरुको आन्तरिक मामिलामा प्रहरी हस्तक्षेप बन्द गर ।

रामकुमार श्रेष्ठ
महासचिव