पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घट्यो – विज्ञप्तिसहित

काठमाडौं, असार १ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल, मट्टितेल र डिजेलको मुल्यमा प्रतिलिटर २ रुपैँया घटेको छ भने हवाई इन्धन र ग्यासको मुल्य भने यथावत् नै रहेको छ ।

 

आईतबार राति १२ बजेदेखि लागु हुने निगमको नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १०८, डिजल प्रतिलिटर ९६.५ र मट्टिलेल प्रति लिटर ९६.५ रुपैँया पर्ने छ।

 

इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मुल्य अनुरुप मुल्य समायोजन भएको हो ।