आज मिति २०७६ साल असार २ गते सोमबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस् र सेयर गर्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

समाजमा तारिफयोग्य काम गरि राम्रो उपलब्धि हासिल गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहर सुचारु हुनेछन् भने नयाँ काममा हाता हाल्न सकिने समय रहेकोछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा उपश्थिति जनाई समयमा काम लिन सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गर्न सकिने योग रहेकोछ । बिहानको समय मध्ययम रहेकोले पढाइ लेखाइमा अरुभन्दा पछि परिनेछ ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा दैनिक कष्टप्रद हुनेछ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

मनपरेको भौतिक बस्तु तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्लित हुनेछ । व्यापारको शिलशिलामा लामो दुरियो उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने व्यापार बिस्तार गरि मनग्गे आम्दानि गर्न सकिनेछ । जीवनसाथि तथा आफ्नो बिषेश मानिसको सहयोगले आम्दानिको दायरा बढाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा तपाईले गरेको लगानिबाट सार्थक नतिजा आउँनाले मन प्रशन्न हुनेछ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

बिहानको समय राम्रो रहेकोले खोजीमुलक कामबाट राम्रो नतिजा हात पार्न सकिनेछ । बिद्यामा अरुभन्दा अग्र स्थानमा नाम आउँनेछ । मध्यान्हबाट गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

बिद्या तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै परिवार तथा गुरुवर्गहरुका अगाडि प्रशंसा पत्र तथा पुरस्कार जित्न सकिनेछ भने तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् । शिक्षा क्षेत्रमा गरिएको लगानिबाट लामो समय सम्म आम्दानि भईरहनेछ । बिहानको समय मध्ययम रहेकोले राजनितिमा जनतको आलोचना हुनेछ । आमा तथा आफन्त सँग टाडिएर यात्रा गर्नुपर्ने बाध्यता आउनेछ ।

कन्या टो,पा,पी,पु,ष,ण,ठ,पे,पो

बिहानको समय राम्रो रहेकोले समस्या समाधानका लागि चालिएका कदमबाट परिणाममुखि नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे आम्दानि हुनेछ । छोटो दुरिको उपलब्धिमुलक व्यावसायिक यात्रा हुनेछ । मध्यान्हबाट महत्वपुर्ण काम गर्दा ध्यान दिनुहोला आफन्त तथा ईष्टमित्रहरुले बाधा तथा व्यबधान पुर्याउनेछन् । समयको पावबन्धिलाई ख्याल नगर्दा दुख पाईनेछ भने समयमा काम नबन्दा आर्थिक स्थिति खस्कनेछ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

बिहानको समय राम्रो रहेकोले थोरै समय र सानो लगानि गरी शुरु गरिने व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्ब सँग भेटि नया कामको योजना बुन्न सकिनेछ । मध्यान्हबाट छोटो तथा रमाईलो यात्रा हुँने भए पनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुँने हुँदा कुनै पनि विवादित बिषयमा सहभागि नहुँनु होला ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

आफन्त तथा घर परिवारका मानिसबाट सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँने हुँनाले थप हौसला बढ्नेछ । बोलिको प्रभाव बढ्ने तथा कर्म क्षेत्रमा तपाईको कामको उच्च मुल्याङकन हुनेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा आथित्यको रुपमा सत्कार पाईने योग रहेकोछ ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

नयाँ नयाँ प्रेम प्रस्ताव आउँने तथा माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखाँको वरिपरि देख्न पाउँदा मन खुसि हुनेछ । राजनितिक सभा समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा ठुलो प्रगति गर्न सकिनेछ भने सबैतिरबाट तपाईको काममा सहयोगको हुनेछ । बिहानको समय मध्ययम रहेकोले खर्च बढ्ने तथा अग्रजसँग मनमुटाब बढ्नेछ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुनेछ । बिहानको समयमा गरिने व्यापार फस्टाएर जाने तथा मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

रोकिएर बसेका तथा पुराना काम बन्नाले थप उत्साहित होईनेछ । पढाई लेखाईमा चाहेको सफलता हात लाग्ने हुँनाले सफलताका सिडिहरुरु चुम्न सकिनेछ । चाहेका बस्तु तथा ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ । माया प्रेममा रमाउँन सकिनेछ भने दाम्पत्य जीवनमा एक अर्काको सहयोग लिदै अगाडि बढ्न सकिनेछ । पैत्रिक सम्पति तथा प्राकृतिक स्रोतको प्रयोग तथा परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

बिहानको समयमा आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । मध्यान्हबाट अवसरवादीहरुले हर तरह फसाउन खोज्नेछन् ख्याल गर्नुहोला । सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । नितिनिर्माण तहमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुपरे पनि बिपक्षहरु बाट आलोचनाको शिकार होईनेछ ।