आज पनि वर्षाको सम्भावना

काठमाडौं, असार १२ । आज दिउँसोको समयमा देशको मध्य र पुर्वी भू–भागमा सामान्य बदली तथा पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ। पुर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका एकर दुई स्थानहरुमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

महाशाखाका अनुसार रातिको समयमा देशको मध्य र पुर्वी भू–भागमा सामान्य बदली तथा पश्चिमी भू–भागमा आंशिक बदली भइ पुर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका एकरदुई स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।