आमा अब त मैले तपाईलाई भेट्न पनि अरुको अनुमति लिनु पर्ने भयो,महिला दिदि बहिनिहरुले मन थामेर नछुटाई पढ्नुहोला

 
आमा‘अब त तिमिलाई भेट्न पनि अरु कसैको अनुमती लिनु पर्ने भयो मलाई सम हुर्केको, म बढेको ठाउँमा जान पनि अरु कसैकोञहस जाउझ को अनुमति कुर्नु पर्ने भयो,मलाई।

 

आमा किनकि पहिला हजुरहरुको घर पनि मेरै हुने गर्थ्यो तर अहिले घरबाट यो ठाउ माईति भएको छ। म कसैको छोरी, दिदी, बहिनी थिएबतर अहिले कसैको बुहारी, कसैको भाउजू त कसैको श्रीमती भएको छु। आमा१ हरेक पल सम्झिने गर्छु म तिमिलाइ नै जब कसैले मलाई माया गर्दछन्, जब कसैले मलाई तिमिले झै बिस्वास गर्छ तिम्रै याद आउँछ जब कसैले मलाई सस्कार, सम्मान र ईज्जतको कुरा सिकाउछ। जब म तिमिसङ्गै हुने गर्थे पहिला मलाई खुवाएर तिमी खाने गर्ने गर्थ्यौ तर अहिले समय फेरिएको छ म अरुको पेट भरिएपछि मात्र खान पाउने गर्छु।

 

सुन्नुस् न आमा हिजो र आजमा कति भिन्नता भएको छ नि हिजो मैले गल्ति गर्दा तिमिले फकाउने गर्थ्यौ भने तर हेर्नुस न आमा आज मैले गल्ति गर्दा म आफू एक्लै रुने गर्छु १ न त तिमी झै आँसु थाम्ने कोहि भेट्छु न त बाबाले झै फकाउने कोहि।। माया त मैले तपाई र बाबाले गर्ने झै पाउने गर्छु ,सासू ससुरा बाट सम्मान पाएको छु भने पतिबाट सुरक्षास आमा तर अह, कहिल्यै तिमी,बाबा,बहिनी,भाईको जस्तो महसुस भएन।

 

अझै याद छ ती शब्दहरु जुन भाईले मलाई बिदाई गर्दा भनिरहेको थियोञदिदी मलाई छोडेर नजानु न बरु टिभिको रिमोट तपाईं लाई नै दिन्छु केझ।

याद आउँछ सबैको भन्ने गर्छन् नि यादहरु नै जिउने एक आधार हो त्यस्तै लाग्छ मलाई आजकल अझै याद आउँछ बाबा हजुरले भन्नुभएको, छोरी आफ्नो ख्याल राख्नु तिमी जत्तिको अरु कोही छैन मेरा लागिझअनि आमा याद छ मलाई हजुरको आखामा मेरो लागि आशुहरु झरेको।

हजुरहरुलाई यो लेख कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला र शेयर गरि सबै महिला दिदिबहिनी माझ पुर्‍याउन सहयोग गरिदिनुहोला।