अन्तिम चुम्बनको बहानामा युवतीले काटिन् प्रेमीको जिब्रो

आडिया लोपेज इस्टिवे नामकी युवतीले आफ्नो प्रेमीलाई अन्तिमपटक चुम्बन गर्ने बहानामा प्रेमीको जिब्रो काटिदिएकी छिन्। यो घटना स्पेनको बार्सिलोनामा भएको हो। उक्त युवतीले दोश्रोपटक ब्रेकअप भएसँगै प्रेमीको जिब्रो काटिदिएकी हुन्। चुम्बनको बहानामा जिब्रो काटिदिने आडियालाई प्रहरीले गिरफ्तार गरेको छ। प्रहरीले गिरफ्तार गरेर प्रारम्भिक अनुसन्धान पछि अदालतमा पेश गर्दैछ । उनीमाथि १० वर्षको सजायँ माग गरिएको छ।

 

२ महिनासम्म मात्र चलेको उनीहरुको पहिलो रिलेशनशीप सन् २०१६ मा सुरुवात भएको थियो। त्यसको केही समयपछि फेरि दुबैजना प्रेममा गाँसिने निधो गरे । तर चार महिनापछि नै प्रेमीले आफू आफ्नो परिवर्तन भैरहने मूडका कारण थाकिसकेको बताउन थाले । त्यसपछि उनीहरुबीच झगडा हुन थाल्यो। एकदिन झगडाकै बीचमा प्रेमिका इस्टिवे आफ्नो अपार्टमेन्टबाट बाहिर निस्किएर रक्सी पिएर हल्लाखल्ला गर्न थालिन्। एकछिन पछि उनी अपार्टमेन्टमा छिरिन् र माफी माग्दै आफ्ना प्रेमीलाई फकाएर अब अन्तिम पटक चुम्बन गरेर छुट्टिउँ भनिन्।

 

उनले हातमा चक्कु लिएर आएकी थिइन् । उनले प्रेमीलाई आलिंगन गरिन् । दुबै जनाले एक अर्काको मुखमा जिब्रो छिराएर चुम्बन गरे । जब प्रेमी चाहीँ आँखा चिम्लिएर चुम्बनमा लीन थिए तब उनले हातको चक्कुले प्रेमीको जिब्रो काटिदिइन् । अनि आफ्नो मुखमा रहेको प्रेमीको जिब्रोको टुक्रा थुकेर त्यहाँबाट भागिन् । जिब्रो काटिएका प्रेमी पीडाले चिच्याउन थाले । उनको मुखबाट रगत निस्किरहेको थियो। उक्त कुरा छिमेकीहरुले थाहा पाएपछि उनीहरुले नै उद्दार गरेर उनलाई अस्पताल पुञ्याएका थिए।