लाइफ टाइम अचिभमेन्ट अवार्डका धावक हरिबहादुर

 विकट कर्णालीमा जन्मिएका हरिबहादुर रोकायाको आफ्नै पहिचान छ।नेपाललाइ विश्वसामु चिनाउने एकजना कर्मठ धावक उनी नै हुन।कर्णालीबाट २०४१ सालको राष्ट्रिय एथलेटिक्स च्याम्पियन सिपमा खाली खुट्टै दौडिएर २ कास्य पदक जित्नु उनको खेलप्रतिको पहिलो सफलता थियो।

 

त्यसपछि त्यो पाइला कहिल्यै रोकिएन।निरन्तर अघि बढिरहयो र साढे ३ दशक लामो खेल जीवन पार गरिसक्दा पनि त्यो अनवरत चलिरहेको छ।

 

यसबीच हरिको खेल जिवनले केही महत्त्वपूर्ण कोसेढुङ्गा पार गर्यो।लामो दुरिमा बैकुण्ठ मानन्धरको जगजगी चलिरहेको ४० दशकको अवधिमा हरिले राष्ट्रिय जर्सीमा राज गरे।९० को दशकमा उनले २ वटा ओलम्पिक,२ वटा एसियाली खेलकुद र २ वटा एसियाली च्याम्पियन सिपमा देशको प्रतिनिधित्व गरे।

 

यसबीचमा उनले कास्य पदक पनि जिते।राष्ट्रिय जर्सिमा तहल्का मच्चाएका हरिबहादुरको सफलता खेल जिवनको उतरार्द्धमा झन चम्कियो।विश्वको सबैभन्दा अग्लो स्थानमा हुने साहसिक दौड ´तेन्जिङ हिलारी एभरेस्ट म्याराथुन` मा दौडिन उनी एभरेस्ट बेस क्याम्प पुगे।स्व दौड उनले ३ पटक जितेर गिनिज बुक अफ वर्ल्डमा आफ्नो नाम लेखाए।उक्त रेकर्ड अहिलेसम्म पनि कसैले तोडन सकेको छैन।

 

त्यसपछी खेलाडी जिवनबाट हरिबहादुरले सन्यास लिए।तर उनको सक्रियतामा भने कुनै कमि आएको छैन।उनी भन्छन-´खेल क्षेत्रमा लागेर सफल भए किनभने मैले वर्ल्ड रेकर्ड राखे।मेरो खेलबाट प्रभावित भएर अहिले धेरै युवाहरु खेल क्षेत्रमा आएका छन।

 

कर्णालीबाट सुरु भएको उनको खेल यात्रा कर्णालीमा नै गएर टुङ्गिएको छ।कर्णालीमा आफुजस्तै खेलाडी उत्पादन गर्ने उनको सोचले मुर्त रुप लिन थालिसकेको छ।उनले स्थापना गरेको हरि रोकाया स्पोर्ट्स एकेडेमीमा धेरै खेलाडी उत्पादन भैसकेका छन।

 

उनको अर्को सपना हो-जुम्लालाइ ´हाइ अल्टिच्युड प्रशिक्षण` केन्द्रका रुपमा विकास गर्ने।यसको एउटा महत्वपूर्ण पाटोका रुपमा उनले ´रारा म्याराथुन` पनि सुरु गरिसकेका छन।एभरेस्टजस्तै एउटा कठिन दौड।बाहिरका खेलाडी आएर यहाँका सुन्दर तस्बिर कैद गरेर यहाँको प्राकृतिक सौन्दर्यतालाई प्रचारप्रसार गर्छन् ।

 

जसले समग्रमा नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने भएकाले नै यो म्याराथुन आयोजना गरिएको उनको भनाइ छ।हरिबहादुरको जिवनले आधा शताब्दी पार गरिसकेको छ।गत वर्ष उनी नमज्जाले बिरामी परे।खुट्टाले टेक्न नै नसक्ने गरि।१९ दिन ओछ्यानमा परे।´ म बिरामी भएकोमा मलाइ दुख लाग्यो,किनभने मैले राज्यको सोच ठूलो बनाएको थिए।राज्यलाइ सबै चिज दिदापनी राज्यले मलाई केही दिन सकेन।

 

 हरिबहादुर एकछिन भक्कानिए।राज्यले खेलाडीहरुको भबिष्यमा लगानी नगरिदिदा आज आफू यो अवस्थामा पुग्न बाध्य भएकोमा उनको राज्यलाइ गुनासो छ।यी कुरा राज्यलाई सुनाउदै गर्दा उनका आखाले आँसु थाम्नै सकेनन।उनका आखाबाट आँसु झरे।यतिबेला पनि उनले जुम्लाका

 

जुम्लामा प्रशिक्षण दिन छोडेनन।अस्पतालबाटै मोबाईलमा सुरु हुन्थ्यो उनको निर्देशन र गत वर्षको अस्पताल बसाइपछी उनको खुट्टा पनि सुस्त भएको छ तर उनको जोशमा भने अलिकति पनि कमि आएको छैन।उनै जोशिला धावक हरिबहादुर रोकायालाइ नेपाल खेलकुद पत्रकार मञ्चले स-सम्मान एनएसजेएफ(NSJF) लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ।अवार्ड पाइसकेपछी हरिबहादुरमा खुसीको कुनै सिमा नै थिएन।