बाजुरामा बिप्लव नेकपाका २ जना कार्यकर्ता पक्राउ

बाजुरा,असार २३ ।ईलाका प्रहरी कार्यालय कोल्टीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका २ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

सोमबार विहान ईलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी नायव निरिक्षक शेरबहादुर कुँवरको नेतृत्वमा खटिएको प्रहरी टोलिले हिमाली गाउँपालिकाको धुलाचौरबाट विप्लव नेकपाका मुगु जिल्ला कमिटी सदस्य खत्याड गाउँपालिका ८ का बाँचे दमाई र नन्दविर ढोलीलाई पक्राउ गरेको हो ।

हिमाली गाउँपालिका वडा नं.६ धुलाचौरमा लुकेर बसी रहेको अवस्थामा उनीहरु दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका विप्लव नेकपाका २ जनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मुगुलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।