नेपाल विद्यार्थी संघले जलायो प्रधानमन्त्री ओलीको पुत्ला

काठमाडौं, असार २५ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले चर्को नाराबाजीसहित सरकारको विरोध गर्दै आज बुधबार राजधानीमा प्रदर्शन गरेका छन् ।

 

नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लासमेत जलाएका थिए ।

 

भारतबाट आयात हुने कृषिजन्य पदार्थमा विषादी जाँच नगर्ने सरकारी निर्णय जनस्वास्थ्यमाथिको खेलवाड भएको भन्दै विद्यार्थीहरुले विषादी जाँच तत्काल सुरु गर्न माग समेत गरेका थिए ।