कुमार पौडेलको हत्या नै गरिएको परिवारको दाबी

काठमाडौ,असार २७।केही दिन अघि सर्लाहीमा भएको घटनामा मारिएका बिप्लब नेकपा निकटका एक सदस्य कुमार पौडेलको मृत्यु भिडन्तमा नभै हत्या नै भएको परिवारले स्पष्ट पारेको छ।

 

आज पत्रकार सम्मेलन गर्दै परिवारले उक्त कुरा स्पष्ट पारेको हो।उहाका भाइ हरिकृष्ण पौडेलले दोहोरो भिडन्त भन्दै अफबाह फैलाएर मार्न लागाइएको जानकारी दिनुभयो।घटनामा मृतक पौडेलको हात र दात भाचेर हत्या नै गरिएको खुल्न आएको छ।

 

त्यसकारण उक्त दोषीलाई कारबाही हुनुपर्ने उहाको माग छ।घटनाका सन्दर्भमा मिडियाहरु पनि घटनास्थलमा गइ समाचार सम्प्रेषण गरिदिन उहाले आग्रह गर्नुभयो।

 

मृतककि दिदि लक्ष्मी पौडेल र श्रीमति कला पौडेलले उहालाई जबर्जस्त मारिएको नै हो।होइन भने आजसम्म पनि पोष्टमार्टमको रिपोर्ट किन सार्वजनिक गरिएको छैन?

 

यसो नगर्नुको उद्देश्य के हो?भन्दै उहाहरुले प्रश्न गर्नुभयो।शव बुझ्न जादा कुहिएको अवस्थामा भएको उहाहरुको भनाइ छ।त्यसैले हामीमाथी ठुलो अन्याय भयो।

 

अब हामीलाई न्याय दिलाइदिनु पर्यो भन्दै उहाहरुले जोडदार माग गर्नुभएको छ।त्यस्तै उनका भतिजा राजकुमार पौडेलले काठमाडौमा बसेर घटनाको सत्य,तथ्य थाहा नहुने जसका लागि घटनास्थलमा नै गएर बुझ्नुपर्ने उल्लेख गर्नुभयो।यो घटनालाइ आम जनताले हत्याको संज्ञा नै दिएकाले उहाको हत्या नै भएको उहाको दाबी छ।