संगितकार पदम रोकाया प्रादेशिक प्रतिभा पुरस्कारले सम्मानित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पुरस्कार समर्पण समारोह आयोजना गरेको छ  ।

 

हरेक बर्ष आयोजना हुनेपुरस्कार समर्पण समारोहको यो बर्षको प्रादेशिक प्रतिभा पुरस्कारले कर्णाली प्रदेशको तर्फबाट जुम्लाका युवा गायक, गितकार तथा संगितकार पदम रोकाया सम्मानित हुनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलका भएको समर्पण समारोहमा सबै प्रदेशबाट १, १ जना श्रष्टा पुरस्कृत हुनुभएको छ ।

 

कार्यक्रममा राष्ट्रिय प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कार पनि वितरण गरिएको थियो ।