बिमला तामाङ हत्याकाण्डमा विभिन्न संघ संस्थाहरुको ऐक्यबद्धता:न्याय नपाए अझै सशक्त आन्दोलन गर्छौ।

काठमाडाै,असार३०। गत असार समता अस्पतालमा मृत अवस्थामा भेटिएकी बिमला तामाङ हत्याकाण्डमा विभिन्न संघ संस्थाहरुले आज ऐक्यबद्धता जाहेर गरेका छन।यो स्वाभाविक मृत्युु नभई रहस्यमय हत्या नै भएकाले दोषीलाई तत्काल कानुनको कठघरामा ल्याउन उनिहरुले सरकारसँग जोडदार माग गरेका छन।

 

आज माइतीघर मण्डलामा एक कार्यक्रमको आयोजना गर्दै उनिहरुले सो प्रतिबद्धता जनाएका हुन।आन्दोलनमा ऐक्यबद्धता जनाउदै तामाङ फाउन्डेसनका अध्यक्ष अरुण घिसिङले अहिले बिमला तामाङको हत्यारालाई विभिन्न तवरबाट लुकाउने प्रयत्न गरिएकाले यसकाविरुद्धमा सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो।

 

महिला अधिकारकर्मी सृजना वाग्लेले अहिले देशमा बिमला तामाङजस्ता हजारौ महिलाहरुको बलात्कार,हत्या भैरहेकोले यस्ता तमाम गतिविधिमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ।यदि यस्ता अपराधीलाई संरक्षण गर्ने हो भने देशमा यस्ता घटना अझै घट्दै जानेछन।

 

यस्ता कुराहरुले सभ्य समाजको परिकल्पनामा धक्का लाग्ने भन्दै उहाले आन्दोलनमा प्रतिबद्धता जनाउनुभयो।आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले यति ठुलो हत्याकाण्ड भैरहदा राज्य सत्ता के हेरेर बसेको छ भन्दै आक्रोश पोख्नुभयो।

 

अहिले समता अस्पतालका सञ्चालक फरार रहेकाले उनलाई खोज अनुसन्धान गरि तत्काल कानुनको कठघरामा ल्याउनुपर्ने भन्दै उहाले ऐक्यबद्धता जनाउनुभयो।

 

त्यस्तै बिमला तामाङ संघर्ष समितिका इन्चार्ज रोज मोक्तानले अब बिमला तामाङ र उनको परिवारले न्यायको अनुभूति गर्न पाएनन भने यो आन्दोलनले सशक्त रुप लिने बताउनुभयो।आन्दोलन माइतीघरबाट बबरमहलसम्म पुगेर पुनः माइतीघरमा नै आएर कोणसभामा परिणत भएको थियो।