यस्ताे छ अनाैठाे परम्परा : श्रीमानकै सहयोगमा लगातार सात पटकसम्म अपरिचित पुरुषसँग सम्बन्ध राख्छन्

काठमाडौँ । इन्डोनेसियामा एउटा अनौठो परम्पराले जरा गाडेको छ । त्यहाँ हरेक वर्ष महिलाहरूले अपरिचित पुरुषसँग शारिरिक सम्बन्ध कायम राख्छन् ।अझ रोचक कुरा त के छ भने विवाहित महिलाले कुनै अपरिचित पुरुषसँग शारीरिक सम्बन्ध कायम गर्ने क्रममा उनीहरूका श्रीमानले समेत सहयोग गर्छन् । यो चलन १६ औं शताब्दीदेखि चलिआएको छ ।

 

हामीकहाँ परपुरुषसँगको सम्बन्ध अवैध र घृणित मानिन्छ तर इन्डोनेसियाको पोन नामक पर्वमा महिला तथा पुरुषहरू माउन्ट केमुकस पुग्छन् ।त्यहाँ महिलाहरूले आफूलाई मन पर्ने कुनै अपरिचित पुरुषको खोजी गर्छन् अनि मनले खाएको पुरुष फेला परे सहमतिमा शारीरिक सम्बन्ध राख्छन् । हरेक ३५ दिनमा जब यो पर्व आयोजित हुन्छ, महिलाहरूले सोही पुरुषसँग शारीरिक सम्बन्ध गर्नुपर्छ ।

 

लगातार सात पटकसम्म महिलाले उक्त पुरुषसँग शारीरिक सम्बन्ध गरेपछि महिलाको मनको इच्छा पूरा हुने जनविश्वास छ । यो पर्वसँग एउटा अनौठो कथा जोडिएको छ ।१६ औं शताब्दीमा त्यहाँका राजा थिए– पेगेरन समोरो । उनी आफ्नी सौतेनी आमा नायी ओत्रोवुलानलाई खुब मन पराउँथे । एकरात जब उनी सौतेनी आमासँग शारीरिक सम्बन्ध गरिरहेका थिए, त्यही समयमा दुवैको हत्या भयो । त्यसैले राजा र उनकी सौतेनी आमाले पूरा गर्न नपाएको शारीरिक सम्बन्ध जसले पूरा गर्छ उसका सबै दुःख हट्ने र घरमा खुसियाली छाउने विश्वास गरिन्छ ।एजेन्सी,