आज मिति २०७६ साल साउन १२ गते आइतबारकाे राशिफल पढनुस् र पशुपतिनाथको दर्शन गर्नुहोस् तपाईको मनोकामना पुरा हुने छ

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

माया प्रेमको गाठो झन कसिलो भएर जानेछ भने जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । नयाँ प्रकृतिको काम गरेर मनग्गे धन आर्जन गर्न सकिनेछ । तपाईको बक्तब्य कलाको प्रभावले समाजमा सकारात्मक तरङग पैदा गर्नेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न भई घर परिवारका ईच्छा आकांक्षा तथा दैनिक उपभोग्य बस्तुहरुको परिपुर्ति गर्न सकिनेछ । मानव निर्मित भौतिक बस्तुहरुको प्रयोग गर्न पाईने हुदा मन प्रसन्न रहनेछ । पारिवारिक माहोलमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अध्ययनमा चाहेजस्तो सफलता हात पार्न सकिनेछ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

यात्राका निम्ति चाहिने कागजातहरु बनाउँन सकिनेछ भने कामको शिलशिलामा लामो दुरिको यात्रा गर्न सकिनेछ । बिदेसमा बसेर श्रम तथा शक्ति खर्च गर्नेहरुका लागि आजको दिन लाभदायक हुनेछ । प्रेम प्रशङमा एक अर्काबिच कुरा बाजिय पनि अन्तत एक अर्काको भावना बुझेरै अगाडि बढ्न सकिनेछ । बाहिरी बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आई दैनिक कामहरु प्रभावित हुनेछन् ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

व्यापार व्यावसायमा दैनिक भन्दा आम्दानि बढ्नेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । सोचेभन्दा बढीनै पारिश्रकिम पाईने हुदा मन प्रशन्न हुनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुवै कमाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

काम गर्ने सवालमा सहकर्मिहरुबाटनै असहयोग हुँने हुँदा काम बिग्रने तथा मान सम्मानमा दाग दाग्न सक्छ ध्यान दिनुहोला । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराहरुको प्रचारबाजी गर्दै हिड्नेछन् । अध्ययन अध्यापनमा प्रशस्त समय खर्चिय नतिजा आफैतर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा लगानि गरि नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ भने गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ ।

कन्या टो,पा,पी,पु,ष,ण,ठ,पे,पो

पढाईको सन्द्रर्भमा लामो दुरियो यात्रा हुनेछ भने धार्मिक मठ मन्दिर तिर यात्रा गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । राजनिति तथा सामाजसेवामा जनताको भनेजस्तो समर्थन पाईने हुदा पद प्राप्तीको गतिलो योग रहेकोछ । बुवा वा बुवा सरहका मानिसबाट आर्थिक तथा अन्य सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर आकर्षित गर्न सकिनेछ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । व्यापार व्यावसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

माया प्रेममा आत्मियताको कमि हुनेछ तथा पति पत्निबिच अबिश्वास सिर्जना हँुनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ भने समयमा काम सम्पन्न नहुँदा आर्थिक ब्याबस्थापन गर्न गाह्रो हुनेछ । साझेदारि व्यावसायमा लगानि नवढाउँनु उचित हुनेछ किनकि साझेदारहरु बिच मनमुटाब सिर्जना हुन सक्छ । बिद्या तथा प्रतिश्पर्धामा सन्तोषजनक प्रगति गर्न सकिनेछ ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

गोप्यता भङग हुन सक्छ ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । बादबिाद,बिद्या तथा प्रतिश्पर्धामा आजको दिन भाग नलिनु नै राम्रो रहनेछ । छिमेकिहरुले भाजो हालेर तपाईको घर परिवारमा झगडा गराउँन अनबरत लागिरहनेछन् ख्याल गर्नुहोला । कर्मको फल अरुले नै खान सक्छन् होस गर्नुहोला ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् भने नया प्रबिधिको प्रयोग मार्फत खोजिमुलक काम गर्न सकिनेछ । शिक्षा क्षेत्र जस्तै स्कुल कलेज तथा यस्तै सस्थासँग सम्बन्धित कामहरुबाट मनग्गे आम्दानि गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने सकिनेछ । चिठ्ठा तथा उपहार प्राप्तीको गतिलो सम्भावना रहेकोछ भने माया प्रेममा निजिक भई भावना साटासाट गर्न सकिनेछ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

अध्ययन तथा अध्यापनमा बाधा हुनेछ भने अरुका लागि समय तथा श्रम खर्चनु पर्नेछ । राजनिति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला खासै समर्थन पाईने योग रहेको छैन । घर परिवारमा आफन्त तथा आमालाई छोडेर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । खानपानमा ध्यान दिनुहोला छाति तथा श्वासप्रश्वास सम्बन्धि समस्या आउँन सक्छ ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

आन्तरिक यात्राको तय हँुनेछ भने गन्तब्यमा पुग्नको लागि बिभिन्न चुनौतिहरुको पार गर्नुपर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा गरिएको लगानि बालुवामा पानि जस्तै हुनेछ । आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुनेछ ।आफन्त,छिमेकि,दाजुभाईबाट धोका तथा बिश्वासघात हुनेछ काम गर्दा ध्यान दिनुहोला । माया प्रेममा धोका तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ ।