दिनदिनै नुहाउनु ठीक हुन्छ कि ?अलि-अलि मैलो बसेकै ठीक,बिहान भन्दा बेलुका नुहाउँदाका यस्ता छन् पाँच फाइदा

 – हामी दिनदिनै नुहाउनु ठीक हुन्छ कि अलिअलि मैलो बसेकै ठीक होला ? केही अनुसन्धानकर्ताहरूका अनुसार हामीले शरीरको प्राकृतिक गन्धलाई हेला गर्नु हुँदैन । अनि हालसालै गरिएका अध्ययनहरूले धेरै नुहाउँदाखेरी शरीरका सूक्ष्म जीवाणुहरूलाई हानि पुग्ने देखाएका छन् ।

ब्राजिलमा रहेको घना अमेजोन जंगलमा बस्ने यानोमामी जातिका मानिसहरूको शरीरमा थुप्रो जीवाणु रहेको पाइएको छ । यानोमामीहरू खासै नुहाउँदैनन्, त्यसैले उनीहरूको शरीरमा जीवाणु थुप्रिएका हुन् । ननुहाउँदैमा उनीहरू बिरामी परेका छैनन् ।

 

विकसित देशका केही मानिसहरू पनि आजकल पूरै नुहाउन छोडेका छन् । सुप्रसिद्ध अमेरिकी विश्वविद्यालय एमआईटीबाट स्नातक उत्तीर्ण गरेका ड्यान ह्विटलकले १२ वर्षदेखि ननुहाएको दाबी गरे । ननुहाएपनि आफ्नो जागिर नखुस्केको उनी बताउँछन् ।

 

यसको साटो उनले आफैंले आविष्कार गरेको एउटा झोल छर्किने गर्छन् । मदर डर्ट प्लस मिस्ट नामक यो झोलमा मानव काखीमा पाइने राम्रो ब्याक्टेरिया रहेको अनि यसले पर्याप्त सफाइ गर्ने उनी बताउँछन् ।

 

उनको कम्पनीले प्रयोगकर्ताहरूलाई पूरै नुहाउन छोड्नुभन्दा नियमित हात धुन तर साबुन नदल्न सल्लाह दिएको छ । ह्विटलकले बनाएको झोलले हाम्रो पसिनामा रहेको अम्मोनियालाई खाइदिन्छ । यसले सफाइ गर्ने, दुर्गन्ध हटाउने र रोगप्रतिरोधात्मक क्षमता बढाउने कम्पनीको दाबी छ । ब्याक्टेरियाले भरिएको सफा झोल नियमित दल्न उनको कम्पनीले सल्लाह दिएको छ ।

 

परम्परागत स्नानको साटो वा त्यस सँगसँगै यो झोलले शरीरमा जीवाणुहरूको अदृश्य साम्राज्य बनाउँछ र सफा गर्छ ।साबुनको आविष्कार हुनुअघि मानिसहरू कसरी आफूलाई सफा राख्थे भन्ने थाहा पाउन पनि आफूले नुहाउन छोडेको ह्विटलकले बताए ।

 

बिहान भन्दा बेलुका नुहाउँदा एकदमै फाइदाजनक रहेको छ।   

बेलुका नुहाँउदा तपाईको रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।

बेलुका नुहाँउदा दिनभरीको दौडधुपको कारण शरिरको फोहोर र पसिना सबै निकालेर तपाईलाई गहिरो निन्द्रा पर्छ ।

कहिले काही धेरै थकान र तनावको कारणले पनि निद्रा नलाग्ने समस्या देखिन्छ । यस्तो अवस्थामा नुहाएर सुत्नु भयो भने तपाईको थकान हराँउछ र गहिरो निन्द्रा पर्छ ।

चिसो पानीले नुहाँउदा तपाईको अनुहार अझ बढी सुन्दर देखिनुको साथै रक्त संचार पनि राम्रो हुन्छ ।

उच्च रक्त चाप भएको मानिसले भने बेलुकाको समयमा तातो पानीले नुहाँउदा शरिरमा भएको सबै पसिनालाई पखालेर शरिरको रक्त चापलाई फेरि सामान्य अवस्थामा पुर्याउछ ।