कुमार पौडेल मृत्यु प्रकरण : घटनाले लियो नयाँ मोड,सुरक्षा निकायमाथि उठ्यो गम्भिर प्रश्न

काठमाडौं, साउन १७। नेत्रविक्रम चन्द विप्लव समूहका नेता कुमार पौडेल हत्याको घटनाले नयाँ मोड लिएको छ ।

 

सरकारले पौडेलको मृत्यु प्रहरी मुठभेठमा मारिएको दाबी गरिरहँदा राष्ट्रिय मानवअधिकार आयोगको टोलीले अनुसन्धानको क्रममा नयाँ तथ्य फेला पारेको छ । घटनाको अनुसन्धान गरिरहेको आयोगले पौडेलको एउटा खुट्टाको कुकुर्चामुनी गोली लागेको तथ्य फेला पारेको हो ।

 

पोष्टमार्टम रिपोर्टका अनुसार पौडेलको शरिरमा ६ राउण्ड गोली प्रहार भएको छ, जुन एक गोली पैतालाको पछिल्लो भाग कुकुचामुनी लागेर पिडौलाबाट निस्केको रिपोर्टमा देखिएको छ ।

 

आयोगले संकलन गरेको रिपोर्टका अनुसार मुठभेठमा मारिएको मान्छेको पैताला मुनी गोली कसरी लाग्यो ? सुरक्षा निकायमाथि गम्भिर प्रश्न तेर्सिएको छ ।

 

आयोगले एक्त घटनामा उपस्थित प्रहरीसँग बयान लिईरहेको छ । आयोगले बधबार ६ र बिहिबार ५ जना गरेर जम्मा ११ जनाको बयान लिइसकेको आयोगका सदस्य गोविन्द शर्माले जानकारी दिए ।