काठमाडौंमा कर्णाली सांस्कृतिक उत्सव २०७६ हुँदै

आउदो सोमबार काठमाडौंको राष्ट्रिय नाच घर, जमलमा कर्णालीसांस्कृतिक उत्सव २०७६ हुने भएको छ । कर्णाली कला सस्कृती समाज, काठमाडौंको मुल आयोजना तथा कर्णालीका आधा दर्जन बढी साहित्यिक, सांस्कृतिक सस्थाहरुको आयोजना र सास्कृतिक सस्थान (राष्ट्रिय नाच घर)को सहकार्यमा हुने आयोजक समितिका संयोजक निर्मोही सङ्कल्पले बताउनु भयो ।

`हाम्रो सस्कृति, हाम्रो पहिचान ! सम्मुनत कर्णाली, साझा अभियान´ भन्ने मुल नाराका साथ कर्णालीका आधा दर्जन बढी सस्थाहरु पहिलोपटक एकसाथ जुटेका हुन । कर्णाली सांस्कृतिक उत्सव २०७६ मा कर्णाली कला सस्कृती समाज काठमाडौं सङ्गै कर्णाली कलाकार समाज काठमाडौं, रारा साहित्य प्रतिष्ठान मुगु, बाला त्रिपुरासुन्दरी कला सस्कृती समाज डोल्पा, नरहरिनाथ कला सास्कृतिक समूह कालिकोट, जुम्ली सेवा तथा सस्कृती जगेर्ना समाज काठमाडौं, लोक सांस्कृतिक तथा पञ्चेबाजा संरक्षण मञ्च नेपालको सहभागिता रहेको छ । यी सबै सस्थाहरुले बिगतका दिनमा पनि दर्जनौ सांस्कृतिक क्रियाकलाप गरिरहेका हुन ।

कर्णाली सांस्कृतिक उत्सव २०७६ मा विभिन्न सस्थागत, समुहगत तथा ब्यक्तिगत सांस्कृतिक प्रस्तुतिहरु रहनेछन । कर्णाली चिनाउने हुड्के नाच, झोणा नाच, न्याउले खेल, धामी नाच, देउडा खेल, आउसी खेल, मागल, भैलो, पञ्छे बाजा, ढाल-तरबार नाच, भोटे नाच लगायत चर्चित कलाकारहरुका देउडा साङ्गितिक प्रस्तुती, देउडा कविता-गजल प्रस्तुत हुनेछन ।

कर्णाली सांस्कृतिक उत्सव २०७६ को विशेष पक्ष भनेको कर्णालीका अगुवा साहित्यकार मोतिराज बमको कर्णाली सास्कृतिक महासंघको आवश्यकता तथा भुमिका विषयक कार्यपत्र पनि प्रस्तुत हुनेछ ।

पुर्ब प्रधानमन्त्री तथा बरिस्ठ सस्कृतिकर्मी झलनाथ खनाल, सताब्दी पुरुष सत्य मोहन जोशी, सस्कृतिमन्त्री योगेश भट्टराई, पुर्ब मन्त्री जनार्दन शर्मा, रमेश लेखक, देउडा सम्राट नन्दकृष्ण जोशी, प्रेम कैदी, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, सास्कृतिक सस्थानका कुलपति तथा महाप्रबन्धकको समेत आतिथ्यता रहने आयोजकले जनाएको छ ।