अस्पतालबाट फर्किदा भर्खर जन्मिएको शिशुलाई ट्याक्सीबाट आफ्नो घर लैजान बिर्सिएपछि यस्तो भयो हंगमा

जर्मनीको शहर हैम्बर्गमा एक जोडीले आफु आमा बुबा बनेपछि यति उत्सुक भइन कि हस्पिटलबाट घर जाने समयमा नवजात शिशुलाई ट्याक्सीबाट लैजान नै बिर्सीएका छन् । यस जोडीको नाम भने खुलाएको छैन। तर प्रहरीहरुले यस घटनालाई सामाजिक संजालमा भने पोस्ट गरिदिएपछि अहिले भाइरल भैरहेको छ।

 

श्रीमान श्रीमती आफ्नो दोस्रो बच्चाको जन्ममा यति खुसि भए कि। खुसिले पागल नै भए। हस्पिटलबाट डिस्चार्जपछि ट्याक्सीमा घर गए। घर आइपुगेपछि आफु मात्र ओर्ले बच्चा भने ट्याक्सी भित्र बिर्सिए। केहि पर पुग्ने बित्तिकै यी जोडीलाई बच्चा बिर्सिएको भान भयो तर ट्याक्सी टाढा पुगिसकेको थियो। केहि सिप नलागेपछि उनीहरुले प्रहरीको साहारा लिए।

 

ट्याक्सी ड्राइभरलाई पछाडी सिटमा बच्चा छ भनेर थाहा थिएन। ड्राइभर उक्त जोडीलाई घर छोडेर ट्याक्सीलाई पार्किंगमा छोडी खाना पनि खाए। फेरी फर्केर एयरपोर्टमा प्यासेन्जर लिन पनि गएका थिए। त्यति समयसम्म पनि शिशु सुतिरहेका थिए। अभिभावक र प्रहरी पागल जस्तै गरि खोजिरहेका थिए।

 

जब ड्राइभरले एयरपोर्टका प्यासेन्जरलाई पछाडी सिटमा बस्न लगाए तब मात्र प्यासेन्जर शिशु देखेर हैरान भए। उनले ड्राइभरलाई खबर गर्ने बित्तिकै शिशु रुन थाल्यो। त्यसै बखत मात्र ड्राइभरलाई ति जोडीले शिशु आफ्नो ट्याक्सीमा बिर्सेर गएको भान भयो। ड्राइभरले प्रहरीलाइ खबर गरि अभिभाबकलाई शिशु सुम्पेका हुन्।