जम्मु कस्मिरबारे नयाँ निर्णय

नयाँदिल्ली, साउन २१। भारत सरकारले सोमबार जम्मु कस्मिरका लागि संविधानमा गरिएको विशेष व्यवस्था खारेज गरेको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खारेज गरिएको हो ।

मुस्लिम बाहुल्य रहेको जम्मु कस्मिरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेशमा भारतीय राष्ट्रपतिले हस्ताक्षर गर्नुभएको गृहमन्त्री अमित शाहले राज्यसभालाई जानकारी दिनुभयो । अबका दिनमा जम्मु कस्मिर छुट्टै राज्य नभई केन्द्र शासित प्रदेश हुनेछ ।

 

यस राज्यमा नागरिकले अबका दिनमा दोहोरो नागरिकता राख्न पाउने छैनन् । सरकारले गरेको यो निर्णयलाई प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको एक ऐतिहासिक कदम भनिएको छ । संविधानको धारा ३७० खारेजसँगै जम्मु कास्मिरबाट लद्दाखलाई अलग गरिएको छ । राष्ट्रपतिको आदेशमा लद्दाखलाई केन्द्रशासित प्रदेश बनाइएको छ । जम्मु कस्मिरमा सुरक्षार्थ ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।एजेन्सी ,गाेरखापत्र बाट।