कर्णालीको सभ्यता नेपालको सभ्यता हो – झलनाथ खनाल

कर्णाली कला सस्कृती समाजको मुख्य आयोजना र कर्णालीका आधा दर्जन साहित्यिक-सास्कृतिक सस्थाहरुको आयोजना तथा सास्कृतिक सस्थानको सहकार्यमा कर्णाली सास्कृतिक उत्सव २०७६ सम्पन्न भएको छ ।

 

राष्ट्रिय नाच घर, जमलको मेघाहलमा भरिभराउ दर्सकका बिच आयोजित उत्सवमा बोल्दै उत्सवका प्रमुख अतिथी पुर्ब प्रधानमन्त्री झलनाथ खनालले भन्नुभयो “कर्णालीको सभ्यता भनेको नेपालको सभ्यता हो, कर्णालीको सस्कृती नेपालको सस्कृती नेपालको सस्कृती हो । यदि कर्णाली हुन्थेन, कर्णालीको सभ्यता, भाषा र सस्कृतिको पहिचान हुने थिएन भने नेपालको एकीकरण पनि हुने थिएन । नेपाल एकीकरण गर्ने आधार पनि हुने थिएन ।”

 

कर्णालीको सभ्यताका सन्दर्भमा बोल्दै पुर्व प्रधानमन्त्री खनालले भन्नुभयो “आज भन्दा पाँच सय अगाडी कर्णाली देशको अगुवा थियो सभ्यता, सस्कृती र भाषाको क्षेत्रमा । र आज पनि देशको अगुवा हो । कर्णाली हुदैन भने देशको पहिचान नै हुदैन ।”

 

कर्णाली सास्कृतिक उत्सवमा बोल्दै उत्सवका बिशिस्ट अतिथि पुर्व गृहमन्त्री जनार्दन शर्माले भन्नुभयो “कर्णाली समृद्ध छ, कर्णाली समृद्धिको सम्भावनाको खानी हो । सास्कृतिक रुपमा कर्णाली समृद्धिको मुल हो ।”

 

सास्कृतिक उत्सवमा कर्णालीका वरिष्ठ साहित्यकार मोतिराज बमको “कर्णाली सास्कृतिक महासंघको आवश्यकता र भुमिका” बिसयक कार्यपत्र प्रस्तुत भएको थियो भने कार्यपत्र माथी साहित्यकार कृष्ण राज धमलाले टिप्पणी गर्नुभएको थियो ।

 

सास्कृतिक उत्सवमा कर्णालीका मौलिक सास्कृतिक प्रस्तुती (बालो नाच, हुड्के नाच, देउडा नाच, न्याउले खेल, मागल, अभिनय आदि) प्रस्तुत भएका थिए । विशेष आकर्षणको रुपमा स्वर्णिम शाही लगायतको व्यंग्यात्मक नाटक र क्षितिज समर्पण लगायतको व्यंग्यात्मक प्रहसन प्रस्तुत भएको थियो । दुई दर्जन कलाकारका देउडा प्रस्तुती पनि रहेका थिए भने उत्सवमा देउडा विशेष गजल पनि बाचन भएका थिए ।

 

उत्सवमा कर्णालीको सास्कृतिक बिकासमा भुमिका खेलेकोमा पलाता गाउपालिका, कालिकोटका अध्यक्ष लक्ष्मण बमलाइ कर्णाली सास्कृतिक सम्मान २०७६ प्रदान गरिएको थियो भने कर्णाली सास्कृतिक उत्सव २०७६ सम्पन्न पार्न उल्लेखनीय भुमिका खेलेकोमा कर्णालीका युवा नेता भक्त बहादुर रावत, सङ्गितकार पदम रोकाया, सस्कृतिकर्मी कृपा धमला, समाजसेवी मणिचन्द्र कार्की, चलचित्रकर्मी सुमन खत्री, समाजसेवी मेघराज शाहीलाई कदर पत्र प्रदान गरिएको थियो ।

 

सास्कृतिक उत्सव २०७६ मा कर्णाली कला सस्कृती समाजका अध्यक्ष सुर्य बहादुर रोकाया “निर्मोही सङ्कल्प”को सभापतित्व थियो भने कृष्ण राज धमला र दिपक अभिलाषिले सञ्चालन गर्नु भएको थियो ।