भारत-पाकिस्तानको काश्मिरमा अहिलेसम्मकै ठुलो तनाव, पाकिस्तानले खोल्यो कडा फायर

भारतको उत्तरी राज्य कश्मिरमा जारी तनाव उत्कर्षमा पुगेको छ । नरेन्द्र मोदी सरकारले फोन र इन्टरनेट बन्द गरिदिएको छ। 

यस्तै रज्यका दुई पूर्व मुख्यमन्त्रीहरुलाई घरमै नजरबन्दमा राखिएको छ । पुर्व मुख्यमन्त्रीहरु ओमार अब्दुल्लाह र मेहबुबा मुफ्तीलाई उनीहरुको घरमै गए रातिदेखि नजरबन्दमा राखिएको हो।भारतीय संचारमाध्यमका अनुसार प्रमुख प्रतिपक्षी दल कंग्रेस आई र कम्युनिष्ट पार्टीका केहि नेता समेत पक्राउ परोक छन् ।

 

कश्मिर सहरका धेरैजसो ठाँउमा ल्याण्डलाइन फोन, मोवाइल र इन्टरनेट पनि काटिएको जनाएको छ। श्रीनगर जिल्लाभरीनै सेना र सुरक्षा फौजको गस्ती बढाइएको छ भने सबै शैक्षिक संस्थाहरु बन्द गरिएको छ। कश्मिरमा कर्फ्यु घोषणा नगरिएपनि कुनै पनि प्रकारको भेला तथा र्याली गर्न प्रतिबन्ध लगाइएको छ।

 

केन्द्र सरकारले यस अघिनै कश्मिरमा रहेका पर्यटक र पाहुनाहरुलाई श्रीनगर छाडेर फर्किन सुचना जारी गरेको थियो। त्यस्तै अमरनाथ यात्रामा नजान तीर्थयात्रीलाई सुझाएको थियो। यी सबै घटनाक्रमको बिकास भारतको संविधानको धारा ‘३५ क’ संशोधन गर्ने तयारी स्वरुप भएको अनुमान सञ्चार माध्यमहरुले गरेका छन्।

 

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाउँदै भारतको आक्रामक व्यवहारले क्षेत्रमा नयाँ संकट पैदा हुनसक्ने बताएका छन् ।

 

पाकिस्तानले भारतमाथि नियन्त्रण रेखा पारी क्लस्टर बम प्रयोग गरेको आरोप पनि लगाएको छ जसलाई भारतले खारेज गरेको छ ।इमरान खानले भारतले नियन्त्रित रेखा पारी नागरिकलाई निशाना बनाएर हमला गरिरहेको आरोप लगाएका छन् ।

 

एक ट्वीटमा इमरान खानले भने, ‘म भारतको तर्फबाट नियन्त्रण रेखा पारी निर्दोष नागरिकमाथि हमला र क्लस्टर बमको प्रयोगको आलोचना गर्छु । यो मानवीय कानून र भारतको सन् १९८३ को पारम्परिक हतियारमाथि कन्भेन्सनको प्रतिबद्धताको उल्लंघन हो ।एजेन्सी,