क्रान्तिकारी माओवादीले ग-यो २० विघा जमिन कब्जा

कैलाली,साउन २२ ।कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा न . ६ हरैयामा रहेको जग्गा नेकपा (क्रान्तिकारी माओवादी) पार्टीले कब्जा गरेको छ ।आज क्रान्तिकारी माओवादी कैलाली र कञ्चनपुर पार्टीका नेता कार्यकर्ता हरुको व्यापक उपस्थितिमा हरैया सिविरको २० विघा जमिन कब्जा गरेको छ । क्रान्तिकारी माओवादी पार्टीले हरैया सिविरको जमिनमा झण्डा गाडेर कब्जा गरेको क्रान्तिकारी माओवादी कैलाली जिल्ला सेक्रेटरी आर।पी ले जानकारी दिनुभयो ।

 

हरैया सिविरमा बस्दै आएका २५० परिवारलाई जबरजस्ती उठी बास लगाएकोले क्रान्तिकारी माओवादीले कब्जा गरेको नेता आरपीले बताउनुभयो । आजका दिन बाट सो जमिन क्रान्तिकारी माओवादी पार्टीमा रहेको जानकारी दिनुभयो साथै सो कब्जा गरेको जग्गा हरैया सिविरमा बस्दै आएका २५० परिवारलाई शुकुम्बासीलाई बाँड्ने क्रान्तिकारी माओवादी कैलाली इन्चार्ज आरपील बताउनुभयो ।हरैया सिविरको जमिन कुनै एक पोखराका चर्चित व्यापारी राम कार्कीले जालसाची गरेर आफ्नो नाममा गरेको बुझिन आएको छ ।

 

कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा ।न ६ मा रहेको हरैया सिविरमा बस्दै आएका २५० परिवार २०५९ साल बाट बस्दै क्रान्तिकारी माओवादी कैलाली इन्चार्ज आरपील बताउनुभयो । हरैया सिविरको जग्गा कब्जा गर्न कैलाली कञ्चनपुर नेता हरुको व्यापक उपतिथि रहेको जानकारी आएको छ ।