आज (शुक्रबार) सार्वजनिक बिदा

उर्लाबारी, साउन २४। मोरङको उर्लाबारी नगरपालिकाले २५ औँ विश्व आदिबासी दिवसको अवसरमा आज  (शुक्रवार) स्थानीय सार्वजनिक विदा दिएको छ ।

नगरपालिका प्रमुख खड्ग फागोले बिहीबार सूचना जारी गर्दै दिवसको अवसरमा शुक्रवार स्थानीय विदा दिने निर्णय गरिएको जानकारी दिएका हुन् ।

उर्लाबारी नगरपालिकाले बिभिन्न जातजातीको विशेष पर्व एवम् दिवसका अवसरमा स्थानीय सार्वजनिक विदा दिँदै आएको छ ।

हेर्नुहोस् सुचना