जनैपूर्णिमा र रक्षा बन्धनका दिन सार्वजनिक विदा

काठमाडौं।सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमाको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

 

आइतबार बसेको कार्यपालिकाको बैठकले यही साउन ३० गते रक्षा बन्धन र जनैपूर्णिमाका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

 

जनैपूर्णिमाका दिन सो क्षेत्रका ऐतिहासिक तीर्थस्थलहरु पाचँपोखरी र रैथानेश्वरीमा मेला लाग्ने भएकाले सार्वजनिक विदा दिइएको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए।