तीन वर्षमा १६ हजारले गरे आत्महत्या

काठमाडौं, साउन ३० । विश्व स्वास्थ्य संगठनको तथ्यांकले प्रत्येक ४० सेकेन्डमा विश्वमा एक जनाको आत्महत्या हुने देखाउँछ । नेपालमा भने पछिल्लो तीन वर्षमा विभिन्न तरिकाबाट १६ हजार १९५ जनाले आत्महत्या गरेका छन् । नेपाल प्रहरीले तयार गरेको आर्थिक वर्ष २०७३र७४ देखि २०७५र७६ सम्मको तीन वर्षको तथ्यांकले १६ हजार १९५ जनाले विभिन्न तरिका अपनाएर आत्महत्या गरेको देखाएको हो । जसमध्ये सबैभन्दा बढी आत्महत्या झुन्डिएर भएको छ । तीन वर्षको अवधिमा झुन्डिएर मात्रै ११ हजार ९४१ जना अर्थात् करिब १२ हजारले आत्महत्या गरेका छन् ।

 

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार २०७३÷७४ मा मात्रै ३ हजार ७६१ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । यस्तै, २०७४र७५ मा ३ हजार ८६८ जनाले तथा गत आर्थिक वर्षमा ४ हजार ३१२ जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।

 

झुन्डिएर पछि सबैभन्दा बढी आत्महत्या विष सेवनबाट हुने गरेको प्रहरी तथ्यांक देखाउँछ । गत तीन वर्षको पहिलो वर्षमा १ हजार २१५, दोस्रो वर्षमा १ हजार ३६३ तथा गत आर्थिक वर्षमा १ हजार ३२० जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् ।

 

त्रिवि शिक्षण अस्पताल महाराजगंजका मानसिक स्वास्थ्य विभाग प्रमुख प्रा। डा। सरोजप्रसाद ओझाले मनोवैज्ञानिक तथा सामाजिक दुई प्रमुख कारणबाट मानिसले आत्महत्याको निर्णयसम्म पुग्ने गरेको बताए । उनले समाजमा आफ्नो प्रतिष्ठामा कतै आँच आएको महसुस हुँदासमेत मानिसले आत्महत्याको निर्णयमा पुग्ने गरेको जानकारी दिए ।

 

पछिल्लो समय राजनीतिक, आर्थिक अभाव, पारिवारिक खटपट तथा सम्बन्धविच्छेद, बढी मादकपदार्थ सेवन, बेरोजगारी समस्या तथा छिट्टै आवेशमा आउने कारण मानिसले आत्महत्या रोज्ने गरेको देखिएको उनले जनाए ।

 

‘मनोवैज्ञानिक तथा सामाजिक कारण नै आत्महत्याका प्रमुख दुई कारण हुन्, यसमा राजनीतिक कारण, आर्थिक अभाव, पारिवारिक खटपट तथा सम्बन्धविच्छेद, बढी मादकपदार्थ सेवन, बेरोजगारी समस्या, तथा छिटै आवेशमा आउने कारण पर्छन्,’ शिक्षण अस्पताल महाराजगन्जका मानसिक स्वास्थ्य विभाग प्रमुख डा। ओझाले राजधानीसँग भने ।

 

प्रहरीको तथ्यांकले आफैंले आफैंलाई आगो लगाएरसमेत आत्महत्या गर्ने गरिएको देखाउँछ । आर्थिक वर्ष २०७३÷७४ मा २४ जना, त्यसपछिको वर्षमा १५ जना र गत आर्थिक वर्षमा २४ जनाले आफंैले आफैंलाई आगो लगाएर आत्महत्या गरेका हुन् ।

 

यस्तै, आर्थिक वर्ष २०७३÷७४ देखि २०७५÷७६ सम्म हाम फालेर १६९ जनाले आत्महत्या गरेका छन् । यसैगरी, आफैंले आफैंलाई करेन्ट लाएर तीन वर्षमा नौ जना, हातहतियार तथा औजार प्रयोग गरी ३९ जना, पानीमा हामफालेर तथा डुबेर ७५ जना र विस्फोटक पदार्थ प्रयोग गरी १ जनाले आत्महत्या गरेको प्रहरीको विगत तीन वर्षको तथ्यांकले देखाएको हो । राजधानी दैनिकमा खबर छ।