आज मिति २०७६साल भदाै ३ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस् र सेयर गर्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

आफन्त तथा अग्रजहरु सँग सामान्य कुरामा विवाद हुने योग रहेकोछ ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ भने घर परिवारमा पतित पत्निबिच कुरा बाजिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि हुनेछैन भने बिदेशमा उत्पादित बस्तुको व्यावसाय फस्टाएर जानेछ ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

समय दिए अनुहार प्रतिफल ढिला प्राप्त हुनेछ । प्राकृतिक स्रोत तथा सरकारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाउबस्यक झन्झटमा फस्ने ग्रहयोग रहेकोछ । अध्ययनमा बाधा पुग्नेछ भने अरुका लागी समय खर्चिनु पर्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुदा दैनिक कामहरु प्रभावित हुन सक्छन् ध्यान दिनुहोला । प्रणय सम्बन्धमा मनमुटाब सिर्जना हुनेछ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउँने तथा नोकरिका पदोन्नति हुँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

व्यापार व्यावसायमा थोरै समय लगानि गर्दापनि सोचेभन्दा धेरै आम्दानि हुँदा मन प्रसन्न रहने तथा थप लगानि बढाउँन मन लाग्नेछ । आफन्त तथा घर परिवारका मानिस सँग रमाईलो जमघटमा सामेल हुँन पाईनेछ भने मिठा मिठा परिकारका साथ रमाईलो गर्दै दिनलाई रङगिन बनाउँन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने एक अर्काका राय सल्लाह मान्दै अगाडि बढ्न सक्दा गन्तब्य पहिल्याउँन सहज हुनेछ ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

तपाईले सुरु गर्नु भएको काममा आफ्ना भन्नेहरुले नै बाधा तथा अवरोध गर्न सक्छन् ध्यान दिनुहोला । समय र परिस्थितिको अध्ययन नगरि अरुको कुरामा दोडनाले दुख पाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्नेछ ।

कन्या टो,पा,पी,पु,ष,ण,ठ,पे,पो

माया प्रेममा एक अर्कालाई सहयोग गर्दै रमाउँन सकिनेछ भने घर परिवार सबैसँग सम्बन्धमा सुधार भएर जानेछ । नोकरिमा पदोन्नतीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा उत्कृष्ट अंकले सहभागिहरुलाई हराउन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने मिल्ने साथीका साथ स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई उछिन्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साध दिनेछ भने आफन्तजन सँग बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्यावस्थापनका मुद्दाहरु हल भएर जानेछन् । मामा तथा मावली पक्षबाट पनि अपेक्षा अनुसारको सहयोग पाईने योग रहेकोछ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

भौतिक तथा मानव निर्मित स्रोत साधनको परिचालन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ भने वंश बृद्धिको योग रहेकोछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

आफन्तहरु टाडिनेछन् भने शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईने छैन । राजनिति तथा समाजसेवामा जनताको काम गर्दापनि आलोचनाको शिकार हुनुपर्दा मन खिन्न हुनेछ । यात्रा गर्दा वा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने घर आमा सँग पनि मनमुटाब सिर्जना हुनेछ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई,छिमेकि तथा सहयोगिहरु सँग मिलेर गरिने कुनै पनि उत्पादन मुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ भने पति पत्निबिच बिश्वासको डोरो अझ कसिलो भएर जानेछ । छोटो दुरिको व्यावसायिक तथा रमाईलो यात्राको तय गर्न सकिनेछ ।

कुम्भ गू ,गे,गो,सा,सी,सू,से,सो,दा

मेहनेत तथा लगनशिल भएर काम गर्दा सम्मानजनक स्थान प्राप्त गर्न सकिनेछ । जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । नयाँ प्रकृतिको काम गरेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुन चालिएका कदमहरु सफल रुपमा सम्पन्न हुनेछन् । पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफ्नै पक्षमा पार्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहने हुदा पद प्राप्तीको योग रहेकेछ । आफन्त तथा सहयोगीको साथ पाईने हुनाले कामहरु गर्न जोस जागर बढ्नेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।