सिंहदरबारमै राष्ट्रिय योजना आयोगका सुब्बाले गरे आत्महत्या

काठमाडौं,भदौ ३।सोमबार राती सिंहदरबारमा एक सुब्बाले आत्महत्या गरेका छन् ।

राष्ट्रिय योजना आयोगमा कार्यरत सुब्बा बच्चु केसीले सिंहदरबारस्थित कार्यालयमै विष सेवन गरेर आत्महत्या गरेका हुन् । दिन प्रतिदिन सरकारी कर्मचारीहरुले आत्महत्या गर्ने क्रम बढ्दो छ । यसबारेमा प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको छ ।