अखिल क्रान्तिकारी शैक्षिक माफिया बिरुद्ध ‘सडकको बाघ’ भएर निस्किन्छ :अध्यक्ष गजुरेल

कञ्चनपुर, भाद्र११ , नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले शैक्षिक माफिया, दलाल बिरुद्धमा सडक बाघ भएर क्रान्तिकारी विद्यार्थी संगठन प्रस्तुत हुने बताउनुभएको छ । अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश समितिले बुधबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै क्रान्तिकारी अध्यक्ष गजुरेलले सडक बाग अर्थात शैक्षिक क्षेत्रमा गलतका बिरुद्ध जुनसुकै बेलामा पनि आक्र्रमण गर्ने बताउनुभयो । अध्यक्ष गजुरेलले चारैतिर शिक्षा र स्वास्थ्यमा विकृती बढ्दै गएपछि क्रान्तिकारी चुप लागेर बस्न नसक्ने बताए ।

 

अध्यक्ष गजुरेलले हरेक नागरिकलाई राज्यले शिक्षा र स्वास्थ्य निःशुल्क सर्वसुलभ तथा गुणस्तरिय दिनुपर्ने भएपनि त्यो सुविधाबाट नागरिक बञ्चित भएको टिप्पणी गरे । सुदूरपश्चिम, त्रिभुवन विश्वविद्यालय सहितका विभिन्न विश्वविद्यालयमा पदाधिकारी नियुक्तीको विषयमा आफन्तवाद र दलियवाद हावि भएकाले त्यसको समेत अन्त्यका लागि क्रान्तिकारीले संघर्ष गर्ने चेतावनी दिए ।

 

‘शिक्षा र स्वास्थ्य दलाल र माफियाको कब्जामा छ, ‘उनले भने, ‘अहिले पैशा कमाउन मात्रै यो क्षेत्रमा लगानी बढेको छ ।’ क्रान्तिकारीले विगतदेखि नै निःशुल्क शिक्षा वैज्ञानिकरणमा जोडदिदै आएको बताए ।

 

यसैविच अखिल क्रान्तिकारीले सुदूरपश्चिम प्रदेशको संयोजकमा पुनः राम बहादुर महरालाई चयन गरेको छ । सदस्यमा केशव साउद, टेकेन्द्र साउद, पुष्कर जोशी, प्रकास जोशी, रोशन रेग्मी र प्रेम बोहरालाई चयन गरेको छ ।

 

अखिल क्रान्तिकारी सुपका संयोजक राम महराले शिक्षा, स्वास्थ्य लगायतका जनजिविकाका विषयमा क्रान्तिकारी शसक्त भएर लाग्ने घोषणा गरे । जिल्ला सम्मेलन सहितका शैक्षिक सुधारका कार्यक्रम संचालन गरिने बताए । संयोजक महराले शिक्षा क्षेत्रमा व्यापक निजीकरण, व्यापारिकण बढेको चिन्ता व्यक्त गरे ।

 

नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले शैक्षिक विकृती, बिङगति र वैज्ञानिक शैक्षिक सुधारको अभियानमा अन्य विद्यार्थी संगठनलाई समेत साथ दिन आब्हान गरेको छ । क्रान्तिकारीका केन्द्रीय सदस्य केशव साउदले संचालन गरेको कार्यक्रममा नेकपा क्रान्तिकारीका नेता कार्यकर्ता एव विद्यार्थीको सहभागिता रहेको थियो ।