क्रान्तिकारी माओवादीको पाँच हप्ते मार्च अभियान काठमाडौंमा सम्पन्न

काठमाडौं भाद्र १२ । नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौंले जारी पाँच हप्ते ‘काठमाडौं मार्च अभियान’ अन्तर्गत बिहीबार ¥यालीसहित काठमाडौंको असन चोकमा सन्देश सभा सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिका पश्चिम नगर कमिटिको आयोजना गरिएको सन्देश सभालाई पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल‘गौरव’ले सम्बोधन गरेका छन् । असनबाट निस्किएको ¥याली ठमेल, कमल पोखरी (छायाँदेवी कम्प्लेक्स) हुँदै असनमा पुगेर सन्देश सभामा परिणत भएको थियो ।

 

¥यालीमा ‘नेकपा क्रान्तिकारी माओवादी – जिन्दावाद, बढ्दो महंगी– नियन्त्रण गर, हत्या, हिंसा, बलात्कारीलाई कारबाही गर, करवृद्धि खारेज गर, भूमाफियाहरुलाई कारबाही गर, सम्पदा मास्न पाइदैन– गुठी संस्थान चाहिदैन, कमलपोखरी मास्न पाइदैन– छायाँदेवी कम्प्लेक्स चाहिँदैन, विषादी फलफूल तरकारी खाइदैन– दलाल नेताहरु चाहिँदैन, सीमा अतिक्रमण– बन्द गर, भारतीय विस्तारवाद मूर्दावाद, कथित संविधान खारेज गर, जनताको चाहना– जनगणतन्त्रको स्थापना, नयाँ जनवादी क्रान्ति– जिन्दावाद, महान सहिदहरु– लालसलाम’ लगायतका नाराहरु लगाइएका थिए ।महानगरपालिका पश्चिम नगर कमिटिका इन्चार्ज बन्धुदेव पाण्डेको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन कमिटिका सचिव कर्ण विसीले गरेका थिए ।

 

सभालाई प्रमुख अतिथि सीपी गजुरेल, पार्टी केस तथा काठमाडौं सचिव सरुलगायत अभियान टोलीका नेताहरु र जबस मोर्चाका नेताहरुले सम्बोधन गरेका छन् ।सभामा पार्टीका पीवीएम सुरेश श्रेष्ठ, देजमोका केन्द्रीय सचिवालय सदस्य दीपकबहादुर शाही, देजमो काठमाडौंका अध्यक्ष खगेन्द्र छन्त्याल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।