आज मिति २०७६ साल भदाै १३ गते शुक्रबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस् र सेयर गर्नुहोस्

मेषः– परिस्थितिलाई वुझेर काम गर्न सके उपलब्धि राम्रै हात लाग्नेछ । समस्याको पहिचान गरेर मात्र अगाडि बढ्नु होला । कार्य क्षमतामा कुनै कमि आउने छैन । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । पढाई लेखाईमा भने सोचे जस्तो प्रगति हुने छैन । सामाजिक दायित्व बढ्नेछ ।

 

वृषः– काममा सहजीकरण अझै हुने छैन । उपलब्धि विहिन काममा समय बढि खर्च हुनेछ । व्यापार व्यवसायबाट उचित प्रतिफल मिल्ने छैन । आत्म विश्वासको कमि हुनेछ । यात्राको सम्भावना देखिन्छ । आफन्तले पराईको व्यवहार गर्ने छन् । काम गर्दा इज्जत प्रतिष्ठाको ख्याल राखेर अगाडि बढ्नु होला । तनावमा कमि आउनेछ ।

 

मिथुनः– उपलब्धिको संरक्षण गर्न सकिने छैन । आफन्त सँगको विश्वास र भरोसा टुट्नेछ । लगनाी अनुसारको व्यापार व्यवसायबाट उपलब्धि हासिल हुने छैन । अन्तिम चरणमा पुगेका काम पनि रोकिने छन् । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । लेनदेन कारोवार विग्रिन सक्छ । आन्तरिक कुरा कसैलाई नखोल्नु होला ।

 

कर्कटः– लगनशिल भई गरेका काम केहि बन्ने छन् । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आय आर्जन हुनेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसरको खोजी हुनेछ । भौतिक सम्पतिमा वृद्धि हुनेछ । मनमा सुख,शान्ति मिल्नेछ । साथी भाईको सहयोग पाईनेछ । गीत,संगित तथा कला सहित्यमा अभिरुची बढ्नेछ ।

 

सिंहः– प्रतिश्पर्धाबाट टाढा नभाग्नु होला,कार्य लगनशिलता बढाउनु पर्ने देखिन्छ । अरुको भर परेर काम नगर्नुहोला । काममा विरोधीको बक्रदृष्टि पर्नेछ । पढाई लेखाईमा प्रगति कम हुनेछ । श्रृङ्गारिक तथा सौन्दर्य प्रशोधन जस्ता कामबाट लाभान्वित हुनुहुनेछ । धार्मिक आस्था र विश्वास बढ्नेछ । कुरा भन्दा काममा जोड दिनुहोला ।

 

कन्याः– समयमा अझै सुधार आउने देखिन्न । अन्योलता बढ्नेछ । पढाईमा खासै सुधार आउने छैन । इज्जत प्रतिष्ठामा आच आउने काम हुनसक्छ । राजनीति औजार प्रयोग गरेर तपाईलाई दुःख दिन सक्छन् । व्यापार व्यवसायमा अवनति हुनेछ । देखिएका सम्भावना क्षिण भएर जानेछन् । काम गर्र्न स्वास्थ्यले पनि कम साथ दिनेछ ।

 

तुलाः– सामान्यतया दिन प्रतिकुल देखिन्छ । काममा ढिला सुस्ति हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । वैदेशिक यात्राको सम्भावना देखिन्छ । विपरित लिङ्गिबाट सहयोग मिल्नेछ । घरका समस्या समाधान गर्न गाह्रो हुनेछ । मनमा शान्ति मिल्ने छैन । भौतिक सम्पतिको नास हुनसक्छ । आलोचना बढ्नेछ ।

 

वृश्चिकः– सवैलाई विश्वासमा लिएर काम गर्दा राम्रै हुनेछ । काम गर्दा साथी भाईको सहयोग पाईनेछ । संघर्षबाट सफलताको शिखर चढ्न पाईनेछ । परिश्रमको अन्तिम परिणाम सुखद रहनेछ । कार्य क्षमतामा कुनै कमि आउने छैन । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । नोकरीमा नयाँ अवसर आउन सक्छ ।

 

धनुः– दयाँ मायाँ गर्ने कुनै हुने छैनन । समस्याबाट टाढा नभागि अगाडि बढ्नु भयो भने मात्र मिशनमा पुग्न सक्नु हुनेछ । आर्थिक प्रलोभनमा परेर वाह्य व्यक्तिसँग कुनै काम नगर्नु होला । स्पष्ट वोल्दा आफैलाई नोक्सना हुने भएकोले आर्थिक करोवार र वोलिलाई नियन्त्रण गर्दा राम्रो हुनेछ । व्यापारमा उतार चढाव आउनेछ ।

 

मकरः– कामको विचमा विचार परिवर्तन नगर्नु होला उपलब्धि गुमाउनु पर्नेछ । पारिवारिक खर्च बृद्धि हुन सक्छ । काम गर्ने जोश जागर बढ्नेछ । जीवन साथीको सहयोग लिएर काम गर्दा राम्रै हुनेछ । लगानीमा धेरै जोड नदिनु होला । इच्छा र आकाँक्षा केहि पुरा हुनेछन् । मिलेर काम नगर्नु होला । भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ ।

 

कुम्भः– सहज रुपमा काम हुने छैनन् । आशा र भरोसा टुट्नेछ । व्यापार व्यवसायमा देखिएका सम्भावना क्षीण भएर जानेछन् । राजनीति व्यक्तिको भर परेर कुनै योजना अगाडि नसार्नु होला । आर्थिक कारोवारमा ध्यान दिनुहोला । जोखिम मोलेर काम गर्दा नोक्सान धेरै हुनेछ । सुरक्षित यात्रा गर्नु होला । मिथ्या आरोप लाग्न सक्छ ।

 

मिनः– दिन सामान्यतया अनुकुल नै देखिन्छ । प्रयास र प्रयत्नबाट धेरै काम बन्ने छन् । अरुको भरमा मात्रै काम नगर्नु होला तर सहयोगी मित्र पनि भेटिने छन् । अध्ययन कार्यमा भन्दा आर्थिक कार्यमा बढि दखल हुनेछ । कामको विचमा विचार परिवर्तन नगर्नु होला । लगानी भन्दा श्रममा जोड दिनुहोला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।