अखिल (क्रान्तिकारी)को सुर्खेतमा जिल्ला कमिटी गठन,हिक्मत शाही बने जिल्ला संयोजक

 नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले सुर्खेत जिल्ला कमिटी गठन गरेको छ। अध्यक्ष गजुरेलले चारैतिर शिक्षा र स्वास्थ्यमा विकृती बढ्दै गएपछि अखिल (क्रान्तिकारी) अहिले देशै भर संगठन विस्तारमा जुटेको  गजुरेलले बताउनु भयो। अब अखिल (क्रान्तिकारी) चुप लागेर बस्नख पनि नसक्ने बताउनु भयाे।

 

शिक्षा र स्वास्थ्य दलाल र माफियाको कब्जामा छ,उनले भने अहिले पैशा कमाउन मात्रै यो क्षेत्रमा लगानी बढेको छ ।’ क्रान्तिकारीले विगतदेखि नै निःशुल्क शिक्षा वैज्ञानिकरणमा जोडदिदै आएको बताएका छन।

 

अखिल क्रान्तिकारीका केन्दिय अध्यक्ष हरिकृण गजुरेलको विशेष उपस्थितिमा र पार्टी पोलिटव्युरो सदस्य तथा कर्णाली प्रदेश इन्र्चाज सि.पी र्शमा,सुर्खेत जिल्ला पार्टी सेक्रेटरी श्याम कार्किलगायतका जिल्ला स्तरिय नेताहरुको उपस्थिति रहेको थियो ।

 

अखिल क्रान्किारीका केन्दिय सदस्य हिक्मत शाहीको सयोजत्वमा १३ सदस्यीय बिशेष जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरिएको छ। सदस्यहरुमा अनिल भण्डारी,जितेन्द्र थापा ,रविन्द्र थापा , दिनेश बुढा, कृष्ण जैसी, टेक ब. खत्री, भावना रोकाया, प्रशान्त गौतमसहित जिल्ला कमिटी गठन गरिएको छ।

 

अखिल क्रान्तिकारी अहिले देशै भर संगठन विस्तारमा जुटेको अध्यक्ष गजुरेलले बताउनु भयो। अबका दिनमा सडक बाघ भएरै निस्किन्छ शैक्षिक माफियालाइ तहलगाएरै छाड्ने गजुरेले चेतावनी पनि दिनु भएकाे छ ।