पलाँताका बिपन्न दलितलाई राहत बितरण

कालिकोटको पलाँता गाउँपालिकाले बिपन्न दलितलाई राहत बितरण गरेको छ । रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका कालिकोटका दुई युवाले संकलन गरेको आर्थिक सहयोगले राहत पलाँताकै बिपन्न दलित बस्तिका २४ घरदुरीलाई बितरण गरिएको छ ।

 

राहत पलाँताकै खाडा गाउँका बिपन्नलाई बितरण गरिएको पलाताका सञ्चार प्रमुख पूर्णसिंह वमले बताए । कोरियामा रहेका दुई युवाले ट्वाइलेटका ७० वटा पिन बराबरको आर्थिक सहयोग गरेका थिए । खाडामा ३२ घरदुरी जलेर नस्ट भएपनि बाकी बच्ने भएपछि यी बिपन्न दलित बस्तिका घरदुरी लाई बितरण गरिएको हो ।

दक्षिण कोरियाबाट राहत संकलन गरि सहयोग गर्ने कालिकोट राष्कोट नगरपालिकाका सबराज शाही र खाडाचक्र नगरपालिकाका नन्दबहादुर शाही रहेका छन् । गाउँपालिका अध्यक्ष लक्ष्मण बमले दलित वस्तिलाई बितरण गर्दै बाकी ट्वाइलेट सेट बन्दै गरेका खाडाका घरहरु लगाउन टुङ्गिएपछी अन्तिममा दिने बताए ।