नेकपा (क्रान्तिकारी माओवादी)ले २ नम्बर प्रदेशका कार्यकर्तालाइ वैचारिक तथा राजनीतिक प्रशिक्षण दिदै

 सिराहा,भदाै २१। नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ) स्थायी समिति सदस्य एवम् पार्टी प्रवक्ता कमरेड हरिभक्त कडेल “प्रतिक” ले भदौ १८ गते सिराहा
जिल्लाको गोलबजारमा सञ्चालन गरिने ५ दिने प्रदेश नं. २  स्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमको उध्घाटन गर्नु भयो ।
 
 
 
त्यस्तै  १ नम्बर कमाण्डका ईन्चार्ज समेत रहनु भएका कमरेड प्रतिकले संबोधन गर्दै भन्नु भयो नवसंशोधनवादीहरु प्रतिक्रियावादी सरकारमा पुगेर प्रतिक्रान्ति गर्दै फासीवादी सत्ताको अभ्यास गरिरहेको वेला हामीले यो ऐतिहासिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न गइरहेका छौ। यसले महान् नेपाली क्रान्तिको यो महान् अभियानमा दुरगामी प्रभाव अवस्यनै पार्नेछ ।
 
 
   उहाँले अगाडि थप्नु भयो, बिभिन्न रुप रंगले सिंगारिएका संशोधनवादीहरुले नेपाली क्रान्तिलाई जटिल बनाइरहेका बेला हामीले क्रान्तिको यो तयारी गरिरहेका छाै।आज हाम्रो सामु चुनौती र अवसर दुवै छन् । यस प्रकारको अवस्थामा सञ्चालन गरिएको यो महत्त्वपूर्ण प्रशिक्षणले हाम्रो पार्टीका नेता – कार्यकर्ताहरुमा वैचारिक स्तर बृध्दि गर्नका लागि महत्त्वपूर्ण सहयोग पुग्नेछ छ भने हामिले आसालिएका छाै।
 
 
   यतिबेला पार्टी पंक्ति भित्र पढाइ र अध्ययनको रुचि घटिरहेका वेला पार्टीले यस्ता प्रशिक्षण संचालन गर्ने निर्णय गरेकाे छ ।कार्यकर्ताहरुको वैचारिक स्तर पनि ज्यादै न्यून हुदै गइरहेका वेला पार्टीले यस्तो निर्णय गरेर सञ्चालन गरिएको यो प्रशिक्षणले हाम्रो पार्टीका नेता- कार्यकर्ताहरुलाई केही नयाँ  आयम थपिने छ।याे प्रशिक्षण नेता -कार्यकताकाे लागि कोसेढुङ्गा सावित बन्नेछ भन्ने मलाई पूर्ण विश्वस लागेकाे छु।
 
यस प्रशिक्षण कार्यक्रममा २ नम्बर प्रदेशका ४३ जना नेता- कार्यकर्ताहरुको सहभागीता रहेको छ । 
 
   ५ दिन सम्म सञ्चालन गरिने उक्त प्रशिक्षण कार्यक्रममा  माक्र्सवादका तीन संघटक अंग दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका समग्र विषयहरुमा कार्यकर्ताहरुमा प्रशिक्षण दिइनेछ ।
 
 
केन्द्रीय  पार्टी स्कुल विभागका सचिव हस्तवहादुर केसी ले दर्शन : त्सस अन्तरगत (१) दर्शनको उत्पत्ति र विकास ,(२) माक्र्सवादी दर्शन ” (क) द्वन्द्वात्मक भौतिकवाद (ख) ऐतिहासिक भौतिकवाद  (ग) साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा दर्शन , (घ) मालेमावादको ऐतिहासिक कार्यभार वारे प्रशिक्षण दिनु हुनेछ ।
 
 
    केन्द्रीय पार्टी स्कुल विभागका सदस्य सिताराम तामाङले राजनीतिक अर्थशास्त्रका समग्र विषयमा र केन्द्रीय पार्टी स्कुल विभागका अर्का सदस्य ईन्द्रमोहन सिग्देल “बशन्त” ले वैज्ञानिक ससमाजवाद अन्तरगत समग्र विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेकाे छ। पिविएम कमल चौधरीले सामाजिक आन्दोलनका विषयमा प्रशिक्षण दिनुहुने कार्यक्रम छ ।
 
 
    कार्यक्रमको सभापतित्व नेकपा (क्रान्तिकारी माओवादी ) पिविएम एव २ नम्बर प्रदेशका ईन्चार्ज कमर कृष्णदेव दनुवारले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सञ्जय सिंहले गर्नु भएको थियो ।