बाजुराको नेतृत्व एकै ठाउँमा: बाजुरालाई समृद्ध बनाउने प्रतिबद्धता

काठमाडाै,भदाै २३। काठमाडौमा बाजुराका सम्पुर्ण नेतागणहरु भेला भएका छन।युगिन मिडिया प्रालिको आयोजनामा भएकाे उक्त कार्यक्रम संघीय संरचनामा बाजुराको बिकास,चुनौती र सम्भावना बिषयक अन्तरक्रिया कार्यक्रममा पतिनिधिसभाका सासंद लाल बहदुर थापा,राष्टियसभा सासंद बद्रि पाण्डे सुदुरपशि्म प्रदेशका संघीयमामिला तथा कानुन मन्त्री प्रकाश शाहा,प्रदेश सासंद बल्देव रेग्मी पूर्व भुमिसुधार सायक मन्त्री जनक राज गिरी ,पूर्व सासंद देबराज जाेशी,नेपाली कांग्रेसका  पूर्व जिल्ला सभापति मान बहादुर रावल नेकपाका नेता मनलाल खत्री ,मिलन ,युवासंघका महासचिव नरेश शाहीलगायका नेताकाे उपस्थिती रहेकाे थियाे।

 

बाजुराको समग्र बिकासलाई तिब्रता दिन सबै नेतृत्वको प्रतिबद्धता रहेको  छ। सम्भावना नै सम्भावना भएको बाजुरा जिल्लालाई अब समृद्धिको जिल्ला घोषणा गर्नुपर्ने उनिहरुको साझा संकल्प रहेको छ।

 

अहिलेको नेतृत्व हाबी भएका कारण नेतृत्वलाई सहि ठाउमा ल्याउनुपर्ने र बिकासका लागि अग्रसर नेतृत्व अहिले आवश्यक छ भन्ने उनिहरुले धारणा पेश गरे। बिकासका पुर्वाधारहरुको अझै पहुँच पुग्न नसकेकाले यसलाई अझै प्राथमिकता दिन पनि उनिहरुले आग्रह गरेका छन।

हामी पछाडि पर्नुको मुख्य कारण युवा पलायन हो। यसलाई छिट्टै रोक्न सके अघि बढनेमा कुनै संकोच नभएको पनि उनीहरुले बताएका छन।आफ्नै ठाउमा भएका स्रोत, साधन परिचालन गरेर आफ्नो ठाउलाई प्राथमिकता दिन पनि सबैले स्विकार गरे।

 

कृषिमा आधुनिकीकरण गरि कृषकका समग्र मागहरुलाई पुरा गर्न सकियो र कृषकको उत्पादनलाई बजारसम्म पुर्याउने वातावरण सृजना गर्न सकिएको खण्डमा धेरै समस्या समाधान हुने उनीहरुको निष्कर्ष छ। अबकाे केही दिन भित्र संघीय संरचनामा बाजुराको बिकास,चुनौती र सम्भावना बिषयक  अन्तरक्रियामा भनेका सम्पूर्ण भनाइहरूलाइ समेटेर बाजुराका नेताहरूगरेकाे  प्रतिबद्धतासहित छापामार सप्ताहिकमा प्रकशित हुने पनि जानकारी गराउदछाै।