एनसेल कर असुली प्रकरण: राष्ट्रघाती र जनघाती निर्णय गर्ने न्यायधिशहरुलाई महाअभियोग लगाउन अनेरास्ववियू (क्रान्तिकारी) जोडदार माग

काठमाडाै,भदाै २५।  नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले एनसेल कर असुली बारे राष्ट्रघाती र जनघाती निर्णय गरेकोमा घोर विरोध एवं भत्र्सना गरेको छ। सो राष्ट्रघाती र जनघाती निर्णय गर्ने न्यायधिशहरुलाई महाअभियोग लगाउनु पर्छ लागाइयोस् भन्ने जोडदार माग पनि गरिएकाे छ। उक्त निर्णय खारेज गरी अबिलम्व एनसेललाई करको दायरामा ल्याउन नेपाल सरकारसँग अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले जोडदार माग गरेकाे छ।  
 

   प्रेस विज्ञप्ति

भदौ १० गते सर्वोच्च अदालले एनसेल कर असुली बारे राष्ट्रघाती र जनघाती निर्णय गरेकोमा आखिल(क्रान्तिकारी) उक्त निर्णयको घोर विरोध एवं भत्र्सना गर्दछ । एनसेलले ७५ अरब भन्दा बढि कर छलेर देशलाई नै टाट पल्टाईरहेको कुरा स्पष्ट छ । तर सर्वोच्का केही न्यायधिशहरुले एनसेलले १८ अरब ५० करोड तिर्न नपर्ने निर्णय गरेका छन् । सो राष्ट्रघाती र जनघाती निर्णय गर्ने न्यायधिशहरुलाई महाअभियोग लगाउनु पर्छ भन्ने छलफल पनि चलिरहेको हँुदा यथासिघ्र ती न्यायधिशहरुलाई महाअभियोग लागाइयोस् भन्ने जोडदार माग पनि गर्दछौं । साथै उक्त निर्णय खारेज गरी अबिलम्व एनसेललाई करको दायरामा ल्याउन नेपाल सरकारसँग अपिल गर्दछौं ।

क्रान्तिकारी अभिवादन सहित

……………………
हरिकृष्ण गजुरेल
अध्यक्ष

 

Akhil-Akhil