यौन उत्तेजना बढाउने औषधि शिक्षकले छात्रालाई दिएपछि यस्तो सम्म भयो

सुर्खेत,भदाै २८। सुर्खेतको पञ्चपुरी नगरपालिका–१० स्थित जनज्योति निमाविका कक्षा ७ मा अध्ययनरत दुई जना छात्रालाई उत्तेजना बढाउने औषधिको प्रयोग गरी बलात्कार प्रयास गरेको उजुरी परेपछि प्रहरीले शिक्षक युवराज शर्मालाई पक्राउ गरेको हो ।

 

प्रहरीसँगको वयानमा छात्राले शिक्षक शर्माले औषधि खायौ कि नाई भनेर पटक–पटक कोठामा आउँदै सोधेको र राति कराएपछि फेरि नआएको बताएकी छन् । चैत ४ मा छात्राका दाइ पर्नेले थाहा पाए पछि उक्त घटना प्रहरी चौकीमा पुगेको हो । उजुरीपछि प्रहरीले शिक्षक शर्मालाई प्रक्राउ गरेको थियो ।शिक्षक शर्माले औषधि दिएको स्वीकार गरेको प्रहरीले बताएको छ ।

 

शर्मा पक्राउ परेसँगै स्थानीयले कडा कारवाहीको माग गरेका छन् । आरोपीलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याइएको छ । घटनाको आवश्यक अनुसन्धान अघि बढाइएको सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।