स्कुलमा खलासी जस्तो भएर आएको भन्दै शिक्षकले शिक्षकलाई नै कुटेका छन्

 भोजपुर,भदाै २८। भोजपुरमा आफ्नै प्रिन्सिपलबाट एक शिक्षक कुटिएका छन्। आइतबार बिहान खाना खाएर सर्ट र पेन्ट लगाई उहाँको चेम्बरमा पुग्नसाथ खलासीजस्तो भएर आउने भन्दै गाली गर्नुभयो’ पीडित शिक्षक अधिकारीले भने मलाई खलासी नभन्नुहोस् भन्दा एक्कासी कुटपिट गर्नु भयो।’ यसअघि पनि पटकपटक धम्की दिने गरेको भन्दै उनले आफूलाई गाला र ढाडमा कुटपिट गरेको सुनाए।

 

यता प्रिन्सिपल आलेले भने, शिक्षकको व्यवहार नै अस्वभाविक भएकाले विद्यार्थी र अभिभावकबाट समेत गुनासो आएको बताए । विद्यालयमा टोलाउने, काम नगर्ने भएको कारण सम्झाएको मात्र उनले बताए।आफूमाथि कुटपिटको आरोप निराधार भएको आलेले बताएका छन्। शिक्षक अधिकारीको तलबमा समेत तलमाथि नगरेको उनले बताए।

 

ताप्लेजुङ सिरिजंघा गाउँपालिका १ घर भएका २८ वर्षीय अधिकारी विगत पाँच महिना देखि उक्त विद्यालयमा कक्षा ७देखि १० लाई अनिवार्य गणित र ऐच्छिक गणित विषय पढाउँदै आएका थिए। विद्यालयले नियुक्ति पत्र पनि नदिएको उनको गुनासो छ। प्रति महिनाको ३५ हजार पारिश्रामिकमा पढाउँदै आएका शिक्षक अधिकारीले विद्यालयले एक महिनाको तलब पनि रोक्का गरिदिएको उनको भनाई छ।