ब्याडमिन्टन संघ कालिकोटको अध्यक्षमा पत्रकार बिस्ट

ब्याटमीन्टन संघ कालिकोटको अध्यक्षमा पत्रकार भरतराज विस्ट चयन हुनु भएको छ । कालिकोट जिल्ला भरिका ब्याटमीन्टन खेलाडीहरुको एक भेलाले खेलाडी तथा रेडियो नयाँ कर्णाली १०२.८ मेघाहर्जका स्टेशन म्यानेजर भरत राज विस्टलाई उक्त भेलाले सर्बसहमत रुपमा जिल्ला ब्याडमिन्टन अध्यक्षमा चयन गरेको हो । जिल्ला खेलकुद विकास समिति कार्यालयका प्रमुख नवराज मल्लको सभाअध्यक्षतामा भएको भेलाले पत्रकार विस्टको अध्यक्षतामा १० सदस्यीय समितिको गठन गरेको हो ।

 

संघको उपाध्यक्षमा लक्ष्मी मल्ल, सचिवमा माया खड्का, कोषाध्यक्षमा विरेन्द्र बहादुर शाही, सदस्यमा मिठु शाही, सुमन विस्ट, अर्जुन भट्टराई, अक्कल बहादुर शाही, वजुरे खड्का, मनराज सीम्खाडा र धिर बहादुर शाही रहेका छन । यसैविच जिल्लामै पहिलो पटक सदरमुकाम मान्ममा ब्यामिन्टन प्रतीयोगीता हुने भएको छ । नवगठीत समितिले असोज ७ गतेदेखी ९ गते सम्म मान्मको कवडहलमा ब्याटमिन्टन प्रतीयोगीता हुने जानकारी दीएको छ ।समितिका अध्यक्ष भरत राज विस्टका अनुसार कालीकोटमा अहिले सम्म जेजति खेलकुद भएपनि अहिले सम्म ब्याटमिन्टन खेल भएको छैन । खेल क्षेत्रको विकासका लागी पहिलो पटक यस्तो खेलको आयोजना गर्न लागीएको विस्टले बताउननु भयो । कुनै पनि मानीसमा एकै किसीमको कला एकै ब्यक्तीत्वमा हुदैन ।

 

फरक फरक कला सबै सँग हुने हुँदा कालीकोटमा पहिलो पटक ब्याटमीन्टन प्रतीयोगीताको अयोजना गर्न लागीएको विस्टले बताउनु भयो । प्रतीयोगीता सफल पार्नका लागि सबैको सहयोग र अपेक्षा गरेको बताउनु भयो । प्रतीयोगीतामा प्रथम हुनेलाई खसि पुरस्कार, दृतीय हुनेलाई ३ वटा अर्गानीक भाले,तृतीय हुनेलाई २ अर्गानीक भाले र सान्तवना हुनेलाई १ क्यारेट लोकल कुखुराको अण्डार पुरस्कार रहेको आयोजकले जनाएको छ ।